अर्घाखाँचीका महिलाहरु आङ खस्ने रोगबाट समस्याबाट पिडित

– प्रेमनारायण आचार्य 


अर्घाखाँची २४ बैसाख   । अर्घाखाँचीका  अधिकाशं  गाउं बिकास समितीका महिलाहरु आङ खस्ने रोगबाट पिडित बन्दै आएका छन । 


ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुको जनचेतनाको कमी  रुढीबादी परमपरा र रोग लुकाउने प्रबिधिको कारणले  ४२ गाविस रहेको  अर्घाखाँचीमा धेरै  महिलाहरुमा यस्तो समस्या बाट पिडित बनेका छन् । 


महिलाहरु २० वर्ष अघि आमा बन्नु घर र अन्यमा कडा परिश्रम गर्नुपर्ने सुत्केरी भएपछि पनि आरामभन्दा बढि काममा लाग्नुपर्ने जस्ता धेरै कारणहरुले पनि महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ   । 


हुने खानेले शहर बजारमा गएर महंगी तिरेर पनि औषधि गर्छन तर नहुने कम्जोर र गरिविका कारणले थुप्रै महिलाहरुमा यस्तो समस्या देखा परेको महिलाहरु नै बताउँछन् । 


महिलाहरुले गर्भमा शिशु रहँदा र गर्भपछि पनि आराम भन्दा बढि काम गर्नु पर्दा आङ खस्ने समस्याबाट महिलाहरु पिडीत  हुने गरेको चिकित्सकहरु बताउन्छन्  । 

 


यसलाई समयमै उपचार गर्न सके निको हुने तर वेवास्ता गरे क्यानसर जस्तो रोग लागेर ज्यान नै जान सक्ने खतरा रहेको जिल्ला स्वास्थ्य कार्यलयका डा। प्रदिप अधिकारीले बताएका छन् ।

 

अन्य समाचारहरु