-हृदय भुसाल अर्घाखाँची ।
सन्धिखर्क – सहकारी संस्थालाई अव सामुहिक उत्पादन कार्यमा जोडी आर्थिक बिकास र समृद्धिको अभियानमा लाग्नुपर्ने प्रतिनिधी सभा सदस्य बिजुला रायमाझीले बताईन् । सांसद रायमाझीले जिल्ला संहकारी संघ अर्घाखाँचीको १२ औँ साधारण सभाको शुक्रवार सन्धिखर्कमा उद्घाट्न गर्दे यस्तो बताईन् ।
नेपालमा बिहान उठेदेखी राती सुत्दा सम्म सहकारीका बेतिथी,अपचलन,अनियिमिता र भ्रष्टचारका समाचारहरु निरन्तर आईरहने अवस्था आएको छ,तर ति सवै सत्य नभएकोले भ्रमपुर्ण सुचना र समाचारहरु रोक्नुपर्ने तरपनि केही सहकारीमा समस्या भएको बिषय सत्य पनि, त्यसको लागी अव सहकारीले राम्रो उत्पादनमुलक काम गरेर देखाउनु पर्ने सांसद रायमाझीले बताईन् ।
शेयर सदस्य भन्दा बाहिर पनि कर्जा प्रवाह गर्दा धेरै समस्या भएको छ,शेयर सदस्यहरु आफुले बचत गरेको रकम के भईरहेको छ, भन्ने बारे निरन्तर अपडेट हुनुपर्छ,सहकारी क्षेत्रका समस्यालाई सामाधान गरेर अगाडी बढ्नु बढ्नुको कुनै अर्को बिकल्प छैन् सांसद रायमाझीको भनाई छ ।
प्रतिनिधी सभाको कृषि सहकारी तथा प्राकृतिक समितीका सदस्य समेत रहनु भएका रायमाझीले भनिन,‘सहकारी ऐन २०७४ लाई संसोधन गर्न भर्खरै जारी भएको अध्यादेशमा उल्लेख भएका ब्यवस्थाहरुमा पनि समस्या देखिएकोले त्यसलाई संसोधन मार्फत सामाधान गर्न सकिन्छ,स्वभाविक रुपमा अध्यादेशमा केही बिषयहरु छुटेका
छन्, ती बिषयहरुलाई राख्नपर्छ,केही बिषलाई हटाउन पनि सकिन्छ,मेरो धारणा संहकारी संघ,महासंघलाई नै बलियो बनाउने हो,तपाईहरुको सुझावलाई मैले समिती र सदनमा उठाउने छु’।जिल्लामा संचालन भएका सवै सहकारी संस्था एकजुट भै भर्खरै जागरुक हुन लागेको सहकारी अभियानलाई सहकार्यको माध्यमबाट अगाडी बढाउनुपर्ने जिल्ला संहकारी संघका अध्यक्ष प्रकाश भुसालले बताए ।
जिल्लामा रहेको सवै सहकारी संस्थाहरुलाई गोलबन्द गराउदै सवै सदस्यहरुको ब्यवसायिकिकरण गर्दे,देशको अर्थतन्त्रको तिन खम्बा मध्येको एक सहकारी खम्बालाई मजवुद बनाउदै,सदस्य संस्थाहरुलाई उत्पादन संग जोडी आर्थिक बिकास र परनिर्भरता न्युनिकरणमा लाग्नुपर्ने भन्दै सहकारीका अभियान्ता समेत रहेका भुसालले बिभिन्न तालिम गोष्टी कार्यक्रम मार्फत सहकारी संस्थाहरुलाई थप क्षमता अभिवृद्धि गर्नका लागी बिभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,बिभिन्न बिभिन्न सहकारी संघ संस्थाका प्रतिनिधीहरु लगायतले शुभकामना मनतब्य राखेका थिए ।कार्यक्रम संघका जिल्ला अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,उपाध्यक्ष लक्ष्मण कडेलको स्वागत र सचिव घनश्याम पौडेलको संचालनमा सम्पन्न भएको साधारण साभाले महत्वपुर्ण निर्णय गरेको संघले जनाएको छ ।
थप तस्बिर: