पाकिस्तानको उत्तर-पश्चिमी भागको पेशावारका लागि अमेरिकी कन्सुलेट विभागको एउटा बसमा आज विहान प्रहार गरिएको छ। सो प्रहारमा कम्तीमा एक जना पाकिस्तानी सर्वसाधारणको मृत्यु हुनुका साथै अरु एघार जना घाइते भएका छन्। घाइते भएकामध्ये दुइ जना अमेरिकी रहेका छन्।
पाकिस्तानका लागि अमेरिकी दूताबासका अधिकारीले सो समाचार प्रमाणित गरेका हुन्।
पाकिस्तानको तालिवान सशस्त्र समूहले सो प्रहारको जिम्मेवारी लिएको छ।