विश्व बैंकले हिजो भारतलाई एक खर्ब त्रीपन्न अर्ब अमेरिकी डलर बराबरको ऋण तथा एकासी लाख चालीस हजार अनुदान अमेरिकी डलर रकम छुट्याउन अनुमोदन गरेको छ। उक्त रकम भारतको वनजंगलको संरक्षण योजनाको लागि छुट्याइएको हो।
भारतको चग्रान समाचारपत्र वेभसाइटले हिजो जनाएअनुसार, उक्त योजनाको कार्यन्वयनबाट भारतको जैविक विविधताको प्रभावकारी संरक्षण गरिनुका साथै वनजंगलको भर पर्ने मानिसहरुको जीवन पनि सुधारिने उद्देश्य विश्व बैंकले लिएको छ।