आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हो। राष्ट्र संघका महासचिव बान कि मुनले हिजो विश्वभरि वन मासिँदै गएको गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो।
सन् 2011 अन्तर्राष्ट्रिय वन वर्ष हो। द्रूत गतिले वनजंगल मासिँदै गएको वर्तमान गतिविधिबारे चर्चा गर्दै महासचिव बान कि मुनले यस वर्षको कार्यक्रममा वनजंगलको संरक्षण गर्ने आवश्यकतालाई प्राथमिकता दिने जानकारी दिनुभयो।
साथै उहाँले वनजंगलको संरक्षण तथा जैविक विविधताको दिगो प्रयोगको समर्थन गर्दै गरिबी कम पारेर देशको दिगो विकासलाई प्रबर्द्धन गर्न विभिन्न मुलुकलाई ताकिता गर्नुभयो।