अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रमुखका लागि युरोप साझा उम्मेदवारको खोजीमा

लन्डन – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रमुखका लागि युरोपले छिट्टै आफ्नो साझा उम्मेदवार घोषणा गर्ने जर्मन अर्थमन्त्रीले बताएका छन्। ‘हामीलाई साझा युरोपेली उम्मेदवारको खाँचो छ,’ अर्थमन्त्री वुल्फग्याङ स्क्याबलले भने, ‘हामी योग्य उम्मेदवारको खोजीमा छौं।’

 

डोमिनिक स्ट्रस कानले राजीनामा दिएपछि आइएमएफ प्रमुखको पद रिक्त छ। उनको ठाउँमा को आउने भन्ने विषयलाई लिएर विकसित र विकासोन्मुख राष्ट्रको मत बाझिएको छ। उदीयमान विकासोन्मुख मुलुकहरू यो पदमा युरोपेली राष्ट्रको बर्चस्व अन्त्य हुनुपर्ने लबिङ गरिरहेका छन्।

अमेरिकाको न्यूयोर्कस्थित होटलमा महिला कामदारलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कानले राजीनामा दिएका हुन्।


प्रस्ताव


कान आइएमएफका प्रबन्ध निर्देशक हुने चौथो फ्रेन्च नागरिक हुन्। नयाँ सम्भावित उम्मेदवारमध्ये यसपालि फेरि अर्का फ्रेन्च नागरिक क्रिस्टिन लाग्रेडको नाम बढी चर्चामा छ। उनी फ्रान्सकी अर्थमन्त्री हुन्।

जर्मनीले कुनै पनि उम्मेदवारको नाम प्रस्ताव गरेको छैन। ‘हामी युरोपेली मुलुकहरूले संयुक्त रूपमा निर्णय लिनुपर्छ भन्ने पक्षमा छौं,’ जर्मन अर्थमन्त्रीले भने।


जर्मन चान्सलर एन्जेला मर्कलले भने लाग्रेडको नाम सबैलाई स्वीकार्य हुने आशा व्यक्त गरेकी छन्। बर्लिनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भनिन्, ‘आइएमएफ प्रमुखका लागि आएका नाममध्ये फ्रेन्च अर्थमन्त्री क्रिस्टिन लाग्रेड एक हुन्। म उनलाई सबभन्दा उच्च स्थानमा राख्छु।’


युरोपेली नेताहरूले अर्को साता पेरिसमा हुने ‘जी ८’ सम्मेलनअघि साझा उम्मेदवारमा सहमति गर्ने आशा गरिएको छ।
आइएमएफ प्रबन्ध निर्देशकको पदमा पुग्न यसका १ सय ८७ सदस्य राष्ट्रमध्ये कुनै एकले नाम सिफारिस गर्नुपर्छ। त्यसैका आधारमा २४ सदस्यीय कार्यकारी समितिले प्रबन्ध निर्देशक नियुक्त गर्छ।


लाग्रेडका अतिरिक्त अरू थुप्रै युरोपेली उम्मेदवार दौडमा छन्। यसमा पूर्व बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन पनि सामेल छन्। पछिल्लो अन्तर्राष्ट्रिय वित्तीय संकट सुल्झाउन उनले मह