जापानको भूकम्पले विश्वको अर्थतन्त्रमा अप्रत्यक्ष प्रभाव पर्ने

आर्थिक सहयोग तथा विकास संगठनले यस वर्षको मार्च महिनामा भएको जापानको विनाशकारी भूकम्पले विश्वको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव नपरेको तर छोटो अविधमा पर्ने अप्रत्यक्ष प्रभाव पूर्वानुमानभन्दा गम्भीर हुने सम्भावना रहेको कुरा जनाएको छ। सो संगठनले हिजो सार्वजनिक गरेको पछिल्लो पूर्वानुमानबारेको प्रतिवेदनमा उक्त कुरा जनाएको हो।

          सो प्रतिवेदनका अनुसार, विश्वव्यापी औद्योगिक आपूर्ति निकै घनिष्ठ भएको तथा तत्कालीन भण्डारको संचिति परिमाणको व्यवस्थापनमा बढी भर परेका कारण जापानको विनाशकारी भूकम्प र सुनामीले छोटो समयको अवधिमा विश्वको अर्थतन्त्रमा पर्ने अप्रत्यक्ष प्रभाव पूर्वानुमानभन्दा गम्भीर हुने सम्भावना रहेको छ।