अर्घाखाँचीको शाईन बैकमा साधारण शेयर खुल्यो

– वीरेन्द्र केसी

अर्घाखाँची – नीजि क्षेत्रमा पहिलो पटक अर्घाखाँचीको सन्धिखर्कमा शाखा खोलेर जनतालाई बैक सम्बन्धी सेवा दिदै आएको शाईन डेभलपमेण्ट बैक लि. ले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ ।

बैकले शेयर खुल्ला गरेपछि सर्वसाधारण पनि बैकको मालिक बन्न सक्ने अवसर प्रदान गरेको छ । बैकका शाखा प्रबन्धक बुद्धिजीवन भुसालका अनुसार एक शेयर रु १०० का दरले ५०  शेयर गरी रु ५ हजारको लगानीमा एक जना साधारण शेयरदाता बन्न सक्नेछ । बैकले सर्वसाधारण सबैको लागि रु ८ लाख कित्ताको शेयर जारी गर्ने भएको जनाएको छ । शेयरको फारम भर्नको लागि जेठ २२ गते देखी २५ गते भित्र फारम भरी शेयर सदस्य बन्न आव्हान गरेको छ । राष्ट बैकको छनोटमा नेपालका ३३ बैकमध्ये अर्घाखाँचीमा शाईन बैक छनोटमा परेको हो ।

आईतवार देखी बैकमा शेयरको फारम भर्नेको भीड लागेको छ । आईतवारै मात्रै १ सय ५० जनाले फारम भरेको भुसालले जानकारी दिए । सर्वसाधारणले भरेको शेयर फाईल राष्ट बैकले छनोट गर्ने र छनोटमा परेको व्यक्ति स्वत बैकको साधारण शेयरदाता हुन पाउनेछ । जसका लागि जिल्लामा रहेका तथा जिल्लाबाट बाहिर गएका प्रवासी दाजुभाई दिदीबहिनीहरुलाई कार्यलयमा सम्पर्क गरी शेयरको फारम भर्न बैकले आग्रह गरेको छ ।

     

अन्य समाचारहरु