ओपेकद्वारा यस वर्षका पछिल्ला छ महिनामा विश्वको कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा आपूर्ति तथा मागबीच असन्तुलन हुने अवस्था देखिने अनुमान

तेल निर्यात गर्ने मुलुकहरूको संगठन अर्थात् ओपेकले यस वर्षका पछिल्ला छ महिनामा विश्वको कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा आपूर्ति तथा मागबीच असन्तुलन हुने अवस्था देखिने अनुमान गरेको छ। उक्त संगठनले हिजो सार्वजनिक गरेको पछिल्लो महिनाको प्रतिवेदनमा उक्त कुरा जनाएको हो।

यसवर्षको मे महिनामा सार्वजनिक गरिएको प्रतिवेदनको तुलनमा उक्त प्रतिवेदनले यस वर्ष कच्चा तेलमा विश्वको चाहनाबारेको अनुमान साठी हजार ब्यारेल बढी भएर सरदर हरेक दिन आठ करोड एकासी लाख चालीस हजार ब्यारेल हुने जनाएको छ।

यस महिनाको आठ तारिखका दिन आयोजित ओपेकका मन्त्रीस्तरीय सम्मेलनमा साउदी अरब तथा अन्य तेल मुलुकले कच्चा तेलको उत्पादित मात्रामा बृद्धि गर्ने प्रस्वाव प्रस्तुत गरेका थिए। तर इरान आदि मुलुकले यसलाई अस्वीकार गरेका छन्। गम्भीर भिडन्त भएका कारणले ओपेकको यस पल्टको सम्मेलनले यस विषयबारे सहमति गर्न सकेको छैन।