-रुद्रमणि भुसाल, अर्घाखाँची ।
अर्घाखाँची फागुन २९ – जिल्ला प्रशासन अर्घाखाँचीले संचालन गरेको ३ महिने लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना अभियानमा करिब ५ हजार नागरिकलाई विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ ।
पछिल्लो सामय पहाडी जिल्लाहरुमा लागुऔषधको कुलतमा फस्ने किशोरकिशोरीको सङ्ख्या अधिक रहेकाले जोखिमयुक्त उमेर समूहका सबैमा यो कार्यक्रम पु¥याइने उदेश्यले बिद्यालय,क्याम्पस,जनप्रतिनिधि,राजनितिकदल,नागरिक समाजलाई समेत सहभागी गराई ६ ओटै स्थानीयतहका ७० भन्दा धेरै ठाउँमा सुरक्षा प्रमुखहरुले लागुऔषद नियन्त्रण ,बालबिबाह, आत्मा हत्यारोकथाम लगायतका बिषयमा प्रशिक्षण दिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।
लागुऔषध प्रयोगलाई न्यूनीकरण गर्न जिल्लाका सबै राजनीतिक दल र स्थानीयतह, सामाजिक सङ्घ संस्थाले यसमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।
प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जीबनारायण कोइराला , सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर
भटराई , छत्रदेब गाउँपालिका उपाध्यक्ष मणि पंन्थी, नेपाली कांग्रेसका क्षेत्रिय सभापति हेमन्त बेल्बासे , नेकपा एमालेका सचिब तोज बहादुर रायमाझी , एकीकृत समाजबादी अध्यक्ष रामबहादुर चौहान, अर्घाखाँचीका प्रहरी प्रमख चक्रबहादुर मल्लले लागुऔषदको अस्थाको बारेमा देश , लुम्बिनी प्रदेश , र जिल्लाको बारेमा प्रतिबेदन प्रस्तुत गनुभएको थियो ।
कार्यक्रममा शसस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहोरा, नेपाल सेनाका प्रमुख प्रबिण जङ्ग थापा ,राष्ट्रिय अनुसन्धानका प्रमुख ईश्वरी आचर्य , सन्धिर्खक नगरपालिका वाड नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ लगाएत १२ नम्बर सम्मका वाड अध्यक्ष कार्यपालिका सदस्य कर्मचारी पत्रकार सरोकारवाला जनप्रतिनिधिको उपस्थितिमा रहेको थियो ।
कार्यक्रम जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नुमलाल पन्थीको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालयले पनि २०८१ साउन देखि माघसम्म १०८ ठाउँ सचेतना मुलक कार्यक्रम गरि ४५ सय नागरिकलाई सचेतना अभियानले लाभाबिद बनाएको प्रहरी प्रमुख चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।
थप तस्बिर: