आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर : सबैजसो विदेशी मुद्रा सस्तिए

 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ २४ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ६० पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५९ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ८० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ८१ रुपैयाँ १९ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ७९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४ सय ५३  रुपैयाँ ७५ पैसा  थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ९५ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर