लिबिया समस्याबारे अफ्रिकी संघ शिखर सम्मेलनको सुझाव

अफ्रिकी संघको दुई दिने सत्रौं शिखर सम्मेलन  भूमध्यरेखीय गिनियाँको राजधानी मालाबोमा सम्पन्न भएको छ। सो सम्मेलनले लिबिया सरकार तथा विरोधी पक्षबीच निकट भविष्यमा इथिओपियामा सम्झौता वार्ता हुने कुरा सार्वजनिक गरेको छ।

यसका साथै अफ्रिकी संघले अन्तर्राष्ट्रिय समाज, विशेषगरी संयुक्त राष्ट्र संघ, यूरोपेली संघ तथा अरब लिगलाई लिबियाको संक्रणकालीन प्रक्रियाको समर्थन गर्न आव्हान गर्नुका साथै भिडन्तका विभिन्न पक्षलाई यथाशिघ्र सम्झौतामा आउन तागिता तुल्याएको छ। यसका साथै अफ्रिकी संघले एउटा प्रभावकारी तथा विश्वस्त निगरानी संस्थाको स्थापना गर्न तथा युद्धपीडित लिबियाली जनतालाई मानवीय सहायता प्रदान गर्नका लागि अन्तर्राष्ट्रिय समाजसित लिबियातर्फ अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउन सुझाव दिएको छ।

सो शिखर सम्मेलनको समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा अफ्रिकी संघमा लिबिया संकटको विशेष समितिका प्रवक्ता एवम् दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमाले लिबियाका नेता मोआममार गाद्दफिले लिबिया संकटको समाधान गर्ने राजनैतिक मसौदा पहिल्याउने सम्झौता वार्तामा भाग नलिने कुरा व्यक्त गर्नुभयो।