– कृष्ण खनाल
बुटवल २० असार । रुपन्देहीको संकरनगर वार्ड नः ९ मा बसोबास गदै आएका ३३ बर्षीय विष्णु विक केहि बर्ष पहिला आफ्नो परिवार तथा स्वय आफु नै जिवन जिउनको लागी धौ धौ परेको थियॊ । १५ बर्षको उमेर हुदा पोलियोको कारण सारिको कम्मर भन्दा तलको भागले काम गर्न छाडेको कारण साररीक रुपमा अपाङ्ग भएका थिए । ४ जनाको परिवारमा कान्छो छोराको रुपमा विस २०३५ सालमा जन्मीएका उनले परिवाार लाई पाल्नु पर्ने बाध्यता थियो । आफ्ना बुवाले आरन चलाउने काम गर्दे आएको र एक मात्र दाजु पनी अपाङ्ग भएको कारण उनले आफु जिउनको लागी र परिवार पाल्नको लागी जिवीको पार्जनको लागी बाटो खोजेका थिए । आज भन्दा करिव ८ बर्ष पहिला बुटवलमा रहेको पश्मिााचल अपाङ्ग पुर्नस्थापना केन्द्रमा मैन वत्ती बनाउने तालिम लिए पछी उनका दिन अहिले फेरीएका छन । साधारण रुपमा हिडडुल गर्न नकस्ने उनी पहिला पहिला घसे्रर हिड्ने गर्दथे । आाफुले लिएको तालिम पछी उनले केही महिना यता घरमा नै मैन बत्ती बनाएर बेच्ने गरेका छन । उनले आफ्नो विगत सम्झीदै भने – पहिला एक दुई रुपैयाको लागी पनी अर्काको माझमा हात फैलाउनुपर्नै बाध्ययता थियो तर अहिले त्यो तरेको छ ।
अपाङ्ग पुर्नस्ापना केन्द्रको सहयोगमा पोखरामा गएर टा्रईल साईकल ल्याएपछी उनी भुईमा लत्रेर हिड्नु पर्ने बाध्यता टरेको छ । अहिले आफुले निर्माण गरेका मैन बत्ती त्यही टा्रईल साईकलमा राखेर बेच्न को लागी लैजाने गरेको उनको भनाई थियो । दैनिक रुपमा करिव ५ किलो को मैन ल्याए मैन बत्ती बनाए बेच्ने गरेको मा दैनिक जसो करिव १ हजार सम्मको आम्दानी गर्ने गरेको उनको भनाई छ । उनले भने – कहिले काही ४ ,५ सय त कहिले १ हजार सम्म को बेच्ने गरेको छु । अन्य काम गर्नको लागी सरीरले साथ नदिएको र कुनै पनी औपचारीक शिक्षा हासील नगरेको कारण अन्य पेशा तथा व्यवसायमा लाग्नको लागी नसेकेको उनको धारण थियो । सिप सिकेमा अपाङ्गता भएका व्यक्तिहरुले समेत जिवीको पार्जन गरी आफु लगाएत आफ्नो परिवार पाल्न सकिन्छ भन्ने धारण राख्ने विक ले आफु अपाङ्ग भए भन्दै मा त्यतीकै बस्न नहुने र सिप सिकेर त्यो सिपलाई व्यवहारमा उतार्न पर्ने मा जोड दिएका छन ।
अपाङ्ग भएमा गर्न नसक्ने कुनै काम छैन यि हेर्नुस मैले तालिम लिएको कारण अहिले एक दाई बुवा तथा भाउजुलाई पालेको छु ु उनले भने । ५ रुपैया पर्ने मैन बत्तीलाई प्रतिदर्जन ५० रुपैयामा बेच्ने गरेको उनको भनाई छ । सवै परिवारलाई खर्च कटाएर महिनामा करिव २ हजार रुपैया बचत हुने गरेको बताउने उनले अहिले विभिन्न संस्थाहरुले मैन बत्ती बनाउने तालिममा प्रशिक्षककोरुपमा तालिम दिने गरेका छन । आफुले सिकेको कुरा अरुलाई सिकाउन पाएकोमा खुसि लागेको उनको भनाई थियो । विष्णु विक त एक पात्र मात्र हुन उनी जस्ता साररीक रुपमा अपाङ्ग भएको कारण ले बेरोजगार बनेर बसेका विभिन्न अपाङ्गहरु पनी सिप सिकेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन ।