लिबिया सरकार र सरकार विरोधी सँगठनबीच वार्ता

लिबिया सरकारका प्रधानमन्त्री श्री बगदादी महमुदीले जनाएअनुसार , हाल लिबिया सरकार र सरकार विरोधी सँगठनबीच वार्ता हुँदै छ र आगामी दिनमा पनि यस्तो वार्ता हुने छ।

प्रधानमन्त्री श्री बगदादी महमुदीले अरब टेलिभिजन स्टेशनलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

साथै उहाँले अफ्रिकी सँघको शिखर सम्मेलनमा प्रस्तुत गरिएको वार्तामार्फत राजनैतिक तरिकाबाट लिबियाको सँकटलाई समाधान गर्ने आह्वानको स्वागत गर्नुभएको छ।