अरबका देशहरुमा हाउसमेड सम्बन्धी समान मापदण्डको आवश्यकता

– राजेन्द्र श्रेष्ठ कतार

 

कतार- मिति २६/६/२०११ का दिन कतारका लागि महामहिम राजदूत सुर्यनाथ मिश्र संग भेट हुने मौका पाएको थिए । उहाँ संगको छोटो भेटमा कतार लगाएत अरवका देशहरुमा महिला सहयोगी वा हाउँसमेड वा घरका काममा नेपाली महिला कामदार ल्याउने विषयमा कुाराकानी भयो उहाँको सुझाव अनुसार नै मिति २४ नोभेम्बर २०१० मा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि र दुतावासको सहमतिमा हाउसमेडका रुपमा महिला कामदार ल्याउनको लागि एउटा सहमति गरिएको थियो । हुनत हाम्रो विचारमा घरहरुमा काम गर्नको लागि महिला कामदार ल्याउँनु सही होइन भन्ने नै हो तर पनि लुकिछिपी भारतको बाटो हुदै आउँन नरोकिएको र नेपाल सरकारले नेपालको एरपोर्टबाट नै स्वीकृती दिने भए पछि हामीले त्यसलाई कसरी धेरै भन्दा धेरै सुरक्षीत बनाउन सकिन्छ भन्ने विषयमा गम्भिर छलफल गरेर एउट सहमति गरिएको थियो । जसको लागि हामीले कतारमा नेपाली हाउसमेड ल्याउँन केही देशहरुको बारेमा पनि छलफल भएको थियो । जस अनुसार फिलिपिन्सको उमेरको हद २३ बर्ष र तलव करी १४००  भारतको उमेर ३० बर्ष र तलब करी९०० श्रीलङ्गका उमेर २३ र तलब ७०० इन्डोनएसिया उमेर २१ तलव ७००  जानकारी पनि गराउँनु भएको थियो ।


हामीले त्यसैको आधारमा नेपाली श्रमिकहरुको लगनशिलता विश्वास मेहनेतीपन जस्ता सबैकुरालाई ध्यान दिदै हाम्रो मापदण्ड बनाएका थियौ । विषेश त म सबै बुदातिर जान चाहन्न मुख्यत त्यो सहमति अनुसार कतारमा हाउसमेड ल्याउनको लागि कतारी रियाल एक हजार मासिक तलव हुनु पर्ने र ३० बर्ष उमेर पुगेको महिलाहरुलाई मात्र हाउसमेडको लागि स्वीकृति दिने सहमति भएको हो । कतारको दुतावासबाट पनि त्यसैलाई नेपाल सरकारको स्वीकृतिको लागि पठाएकोमा सो स्वीकृति पनि भएर आयो ।  तर आज फेरी अर्को समस्या थपिएको जानकारी गराउनु भएको छ । त्यो के हो भने कतार साउदी अरव युएई बहराईन कुवेत जस्ता अरबका देशहरुमा समान रुपको तलव सुविधा र कार्य उमेर नभएको कारण यी देशहरुमा नेपाली हाउसमेडको लागि समस्या देखिएको छ । किनकी कतार साउदी कुवेत जस्ता छिमेकी देशहरुमा एक देशको लागि कामदार ल्याउने र अर्को देशमा लगेर काम लगाउने प्रचलन छ । यहाँको नगरिकहरुको एक अर्को देश विचको सम्वन्ध हाम्रो र भारतको जस्तै जस्तै देखिन्छ । एक अर्को देश विच नाता गोता समेत जोडिएको हुँदा एक देशका आफन्तले ल्याएको हाउसमेड अर्को देशको आफन्त कहाँ पठाउने पुरानै चलन भएको कारण कतारमा कामदार ल्याउँन एक हजार रियाल मसिक तलव दिनु पर्ने उमेर ३० बर्ष पुगेको हुनु पर्ने तर साउदीमा मसिक सात सय रियालमा १८ बर्ष उमेरका कामदार ल्याउन पाउने भए पछि कतारको आव्यश्यकता साउदीबाट ल्याएर पुरा गर्ने संम्भावनालाई नकार्न सकिन्न ।

 

यदी यसको समाधान नेपाल सरकारबाट समयमै हुन सकेन वा समान रुपको ज्याला र उमेरको हतबन्दी यी अरवका देशहरुको लागि कायम गरिएन भने भोलीका दिनहरुमा कुनै पनि यस्ता हाउसमेड सम्बन्धी समस्या आउने र त्यो समाधान गर्न कठिन हुने दुतावासले बताएको छ । किनकी साउदीको भिसा भएका कारण कतार दुतावासले खोजी गर्न कठिन हुने र कतारमा कामदार भएको कारण साउदीका दुतावासले उद्वार गर्न पनि जटील समस्या हुने भएको कारण नेपाल सरकारले बेलैमा बुद्विपुर्याएर यि अरबका देशहरुमा समान ज्याला र समान सुविधा समान उमेरका हदवन्दीको व्यवस्था चाडो भन्दा चाँडो गर्न जरुरी छ । हामी कन्ट्रक्सन लागायत अन्य क्षेत्रमा काम गर्ने नेपाली युवा श्रमिकहरुको ज्याला र उमेर प्रय देशहरुमा समान छ भने यी महिला हाउँसमेडको पनि समान मापदण्ड बनाउन कुनै कठिन छ जस्तो मलाई लाग्दैन । यदी यो समस्यालाई साधारण समस्याको रुपमा हेरीयो भने भोलीका दिनमा नेपाली हाउसमेड महिलाकामदारको समस्या जटिल हुने निश्चि छ । तसर्थ नेपाल सरकारलै बेलैमा ध्यन दिईयोस । 

 

३-७-२०११