जापान, अमेरिका र अस्ट्रेलियाबाट ब्रुनेयनजीकै समुद्री क्षेत्रमा संयुक्त रुपम सैन्य अभ्यास गर्ने

            जापान, अमेरिका र अस्ट्रेलियाले आज ब्रुनेयनजीकै समुद्री क्षेत्रमा संयुक्त रुपकम सैन्य अभ्यास गर्नेभएका छन्।

जापानी सञ्चार माध्यमका अनुसार, जापान, अमेरिका र अस्ट्रेलियाका तीनवटा जहाज-वेडाले उक्त सैन्य अभ्यासमा भाग लिएका छन्।

यी तीनवटा जहाज-वेडाले यसै महिना छ तारिखका दिन ब्रुनेयमा आयोजिक अन्तर्राष्ट्रिय समुद्री पल्टनको परेटमा भाग लिएका थिए। उपर्युक्त तीन मुलुकले छलफल गरेर ती जहाजहरुले स्वदेश फर्कने बाटोमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गरेको जनाइएको छ।

सन् 2007देखि यता जापान, अमेरिका र अस्ट्रेलियाले जापानको नजीकै समुद्री क्षेत्रमा तीनपटक संयुक्त सैन्य अभ्यास गरिसकेका थिए।