पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा यात्रुबाहक बस लुटियो

सर्लाही  – मंगलबार राति धरानबाट पोखरा जाँदै गरेको ना३ख ५७२१ नम्बरको यात्रुबाहक बस
पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा लुटिएको छ ।लाहानबाट चढेका
चारजना लुटेराले सर्लाहीको बाँके जंगलमा आइपुगेपछि राती साढे १० बजे पेस्तोल
तेस्र्याएर बसलाई जंगलभित्र लगेर लुटेका थिए । प्रतिकार गर्न खोज्ने दुई यात्रुलाई
लुटेराले खुकुरी हानेर सामान्य घाइते बनाएका छन् ।

यात्रुबाट सुनचाँदी, १० थान मोवाइल र करिब ४० हजार नगद लुटिएको प्रहरीले जनाएको
छ । जंगलभित्र बस लैजाँदा लुटेराले बाटोमा खाल्टो छ बिस्तारै लग्नु भनेकाले लुटेरा
स्थानीय भएको प्रहरीको अनुमान छ । लुटेराले खुकुरी र पेस्तोल बोकेका थिए । बस जंगल
भित्र पुर्‍याउँदा थप ६ जना लुटेरा रहेको यात्रुलाई उद्धृत गर्दै प्रहरीले जनायो ।

प्रहरी उपरीक्ष्ाक मोहनराज जोशीले लुटेरा स्थानीय भएको र केही सूचना समेत आएकोले
बेलुका सम्ममा पक्राउ पर्न सक्ने संभाबना रहेको बताए ।