अमेरिका र क्यानडाका विभिन्न राज्यहरुमा तापमान रेकर्ड तोडेर उच्च भएपछि जनजीवन प्रभावित

            अमेरिका र क्यानडाका विभिन्न राज्यहरुमा तापमान रेकर्ड तोडेर उच्च भएपछि जनजीवन
प्रभावित भएको छ । अमेरिकाको न्यू जर्सीमा तापक्रम ४२ डिग्री सेल्सीयस मापन गरिएको
छ ।

अमेरिकाको मध्य र पूर्वी क्षेत्रका राज्यहरुमा ४३ डिग्री सम्मको उच्च तापमान र
सापेक्षिक आर्द्रता बढ्दा मर्नेको संख्या २२ पुगेको छ । क्यानडामा पनि २५ भन्दा बढी
शहरमा तापक्रमका पछिल्ला रेकर्ड तोडिएको छ । दक्षिणी डकोटामा उच्च तापक्रमकै कारण
१५ सय जनावर मरेका छन् ।

अमेरिकी मौसम विभागले तापमान र सापेक्षिक आद्र्रताको
स्थिति खतरनाक रहेको जनाएको छ । धरैजसो ठाउँमा ३८ डिग्री सेल्सियसभन्दा बढी तापक्रप
मापन गरिएको छ । सन् १९३६ मा अमेरिका र क्यानडामा उच्च तापमानका कारण ५ हजार भन्दा
बढीको मृत्यु भएको थियो ।