सन्धिखर्कलाई नगरपालिका घोषणा गर्ने सरकारी निर्णय प्रति अर्घाखाँची जिल्लामा व्यापक विरोध र आलोचना सुरु भएको देखिन्छ । थाहा भए अनुसार सरकारले भु-गोलको सिमाङ्कनको कुनै ख्याल नगरी हचुवाको भरमा नगरपालिकाको घोषणा गरेपछी जिल्ला बासीमा आक्रोस बढेको छ । उता हाम्रा एक जना अर्घाखाँची स्थित समाचारदाताले भन्छन,-जिल्लाको सदरमुकाम सन्धिखर्कसँग जोडिएका खाचिकोट, किमडाँडा ,अर्घा, लगायतलाई नगरपालिकाबाट बाहिर पारी वाङ्ला नरपानी र सन्धिखर्कलाई मिलाएर नगरपालिका बनेको घोषणा गरिएपछि स्थानीय बासिन्दाहरु आक्रोसित भएर सरकारको कटु आलोचना गर्न थालेका छन् । उनीहरुले सन्धिखर्कसँगै जोडिएको बजार एरियालाई कटाएर २० किलोमिटर टाढाका गाउँहरुलाई मिसाएर नगरपालिका घोषणा गर्नु न्यायसँगत नभएको भन्दै तत्काल सिमाङ्कन र भुगोलको बारेमा पुनर्विचार नगरिए कडा आन्दोलन गर्ने भन्दै सांकेतिक रुपमा आन्दोलनको सुरुवात गरेका छन् । यसो त सरकारले नगरपालिका घोषणा गरेको प्रति जिल्लामा कि्रयासिल दलहरुले समेत असन्तुष्टि जनाएका छन् । तर पनि जिल्लाको सदरमुकाममा नगरपालिका बनेपछी जिल्लाको पहिचान माथी उठ्ने र विकासका लागि थप स्रोत र साधनको बृद्धि हुने भएपछी यहाँका बासिन्दाहरुमा खुसीयाली छाएको हो । यसैगरी अर्घाखाँची जिल्ला अहिले त लोडसेडिङ मुक्त भएको छ । सन्धिखर्कसँगै विद्युत पुगेका ३५ गाविसमा चौबिसै घण्टा विजुली भएपछि जिल्लावासीमा खुसियाली छाएको छ । कहिल्यै लोडसेडिङ नहुने झिमरुक परियोजनाले अर्घाखाँचीमा विजुली जडान गरिदिएपछि गत आषाढ ८,२०६८ बुधवार देखी लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको हो । यही श्रावण २०, २०६८ शुक्रवार लिएका सन्धिखर्क नगरपालिकाका झलकहरु:-
सदरमुकाम सन्धिखर्क । पृष्ठभुमीमा जहाँ जिल्ला प्रशासन कार्यालय, टुडीखेल मैदान, शान्ती बैगचा लगायत देखिन्छ भने सन्खेटारी जोडने पुल, जुन पुल अहिले सम्म पक्की हुन सकेको छैन जहाँ पैदाल यात्री मात्र आवतजावत गर्ने गर्छन् – – – सवारी सधानका त कुरै छाडौ।
सन्खेटारी जोडने पुल सँगै देखिने हरियाली सन्धिखर्के फाटहरु र सन्धिखर्क जिल्ला अस्पताल लगायत पृष्ठभुमीमा खाचिकोट, नरपानीका उच्च – उच्च सुन्दर मनमोहक द्ष्यहरु।
चुत्राबेशी प्रवेश मार्ग, जहाँ अस्तव्यस्त एक पुल रहेको छ, २ सवारीसाधन एकै पटक आवाजजावत गर्न मुस्किल पर्छ । पुल बाहेक अन्य (भाग) बाटो अझै पक्की हुनसकेको छैन । भने पृष्ठभुमीमा जिल्लाको एक मात्र मनोरन्जन क्षेत्र ( फिल्म हल), जहाँ सुविधा जनक रेष्टुरेन्ट वा भोजनालयहरु छैन र हलमा नयाँ – नयाँ चलचित्रहरु पनि प्रर्दशनमा नल्याउने गुनासो फिल्मी युवायुवतीले अर्घाखाँचीडट्कममा ईमेल गरेका छन।
चुत्राबेशी बजार। साथमा किम्डाँडाबाट हुँदै आएको घोचे खोला, जुन खोलाले जथाभावी कटान गर्नुका साथै बजार भागमा अस्तव्यस्त देखिन्छ भने स्थानिय व्यापारीले फोहोरो फालेर खोलाको तल देखि माथि सम्मको भाग दुर्गन्दित बनाएका छन। यसैगरी अर्को विहाराबाट आउने बागीखोला, जुन खोलाको झन बेहाल छ, गएर हेर्नुहोला ल। पृष्ठभुमीमा डिभर्ना, वाङ्ला ।
यो पनि उही माथि भने जस्तो चुत्राबेशीको बजार हो । पृष्ठभुमीमा डिभर्ना, वाङ्ला ।
यो पनि चुत्राबेशीको बजार हो । यस बजारमा घुम्दा फरक अनुभव हुन्छ । स-साना बार- रेष्टुरेन्टमा बसेर जुलेबी , म:म, छोले-चना, मिठाइ लगायतका परिकार नखाइ घर फर्कने र बाहिर जाने त कोही देखिदैन। पृष्ठभुमीमा डिभर्ना, वाङ्ला ।
जनज्योती मावी माथि पर्ने विद्युत प्राविधिक कार्यालयको नयाँ बन्न लागेको भवन । त्यो भवन के -कतिमा बन्न लागेको भन्ने बारेमा पछि जानकारी गरौला ल। जुन अर्घा गाबिसमा पर्छ ।
यो हो सुन्दर हराभरा मनमोहक सन्धिखर्क स्थित पाणीनी क्याम्पस माथि म्यालडाँडामा रहेको नेपाली सेनाको ब्यारेक।
वाङ्लाबासीहरु त सन्धिखर्क नगरपालिकामा परेकोमा अती नै खुशी छन । हुन पनि कसो नहुन र । पृष्ठभुमीमा वाङ्ला ।