महेन्द्रनगर – कन्चनपुरको एक घरमा सामूहिक हत्या भएको छ ।
कन्चनपुरको भीमदत्त नगरपालिका ९ मटेना गाउँस्थित धर्मानन्द नाथमा आइतबार राति भएको घटनामा हत्या गरिएकामा धर्मानन्दकी आमा ५० वर्षीया हरियादेवी नाथ, उनकी श्रीमती २५ वर्षीया धनादेवी नाथ, नाबालक छोरा ६ वर्षीय रवि नाथ र ४ वर्षीया रेनुका नाथ रहेका छन् ।
घटनास्थलमा पुगेका प्रहरी निरीक्षक चक्रबहादुर शाहका अनुसार प्रारम्भिक छानबिनमा कुनै हातहतियार प्रयोग गरिएको देखिए छैन । उनले हत्याको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।
सोमबार बिहान ७ बजे छिमेकीहरुले बरमदेव प्रहरी चौकीलाई घटनाबारे जानकारी दिए थिए ।
उक्त घटनाका लागि प्रहरी प्रमुख एसपी विनित चौधरीको टोलीले घटना स्थाल पुगेर छानबिन थालेको छ । हत्या भएको घरमूलि धर्मानन्द भने बेपता छन् । घटनास्थल सदरमुकाम महेन्द्रनगरबाट ९ किलोमिटर टाडा छ ।