भारतमा भ्रष्टाचार विरुद्धको आन्दोलनमा उत्रिएका सामाजिक अभियन्ता अन्ना हजारलेले आजदेखि रामलीला मैदानमा अनशनमा बस्ने भएका छन् । १५ दिने अनशनका लागि रामलीला मैदान अन्नालाई उपलब्ध गराउन दिल्ली प्रहरी सहमत भएपछि उनी सार्वजिक स्थलमा अनशनमा बस्न लागेका हुन् ।
मंगलबार दिल्लीस्थित जेपी पार्कमा अनसन बस्ने तयारी गरेका अन्नालाई अनसन नबस्दै गिरफ्तार गरेर तिहाड जेल पु-याइको थियो । तर चौतर्फी दबाव थेग्न नसकेर सरकारले अन्नालाई रिहा गर्ने निर्णय गरेको थियो । तरपनि ३६ घण्टापछि मात्र अन्ना तिहाड जेल बाहिर आउन राजी भएका हुन् । अन्ना आफूलाई विना शर्त रिहा गरी देशमा जहाँसुकै जान दिने अनुमति नदिएसम्म बाहिर नआउने भन्दै तिहाड जेलमै अनसनमा बसेका थिए । अन्नाको समर्थनमा हिजो नयाँ दिल्लीमै झण्डै १ लाखले प्रदर्शन गरे भने आन्दोलनलाई समाजका हरेक क्षेत्रका व्यक्तिले समर्थन गरेका छन् ।
७४ बर्षिय गान्धीवादी सामाजिक कार्यकर्ता अन्नाको पक्षमा उर्लिएको जनसमर्थनले कांग्रेस आई को सरकार अहिले सम्मकै ठूलो संकटमा फसेको छ । पछिल्लो चरणमा दूरसंचार उपकरण खरिद तथा राष्ट्रमण्डल खेल आयोजनाका क्रममा भएका ठूल्ठूला भ्रष्टाचारका घटनामा कांग्रेस आई सरकार फसेको छ भने भ्रष्टाचारबाट जोडेको सम्पत्ति विदेशमा लगरे थन्क्याउने क्रम बढेको भन्दै भारतमा सामाजिक कार्यकर्ताहरु आक्रामक रुपमा प्रस्ततु भईरहेका छन् । हजारेले गत अप्रीलमा पनि नयाँ दिल्लीको जन्तरमन्तरमा ९८ घण्टे आमरण अनशन गर्नुभएको थियो ।
उहांको अनशनपछि सरकार भ्रष्टाचार विरोधी लोकपाल विधेयक ल्याउन तयार भएको थियो । सरकारले ल्याउन लागेको लोकपाल विधेयक झारा टार्ने खालको भएको भन्दै हजारे लगायतका सुधारवादीहरु सडकमा उत्रिएका हुन् ।