श्रीलङ्काली राष्ट्रपतिले सङ्टकालीन कानुनबारे चाँडै निर्णय गर्ने

श्रीलङ्काली राष्ट्रपतिले देशमा विद्यमान सङ्टकालीन कानुन राख्ने वा हटाउने भन्नेबारे चाँडै निर्णय गर्ने भएका छन्। श्रीलङ्काली रक्षा सचिवले गत मङ्गलबार भने- देशमा कायमै रहेको सड्कटकालीन कानुनलाई निरन्तरता दिने वा हटाउनेबारे राष्ट्रपतिले चाँडै निर्णय लिनेछन्।

          हतारमा आयोजना गरिएको एउटा प्रेस सम्मेलनमा रक्षा सचिव गोटाभाया राजपाक्छेले भने-यदि यस्ता विवादास्पद कानुन खारेज भए भने त्यो भारत, बेलायत वा अमेरिकालाई खुसी पार्नका लागि होइन, केवल देशभित्रको मामिला हो।

          स्मरण रहोस्, सुरक्षा क्षेत्रका यस्ता विवादास्पद कानुनहरू खारेज गर्नका लागि भारतले श्रील‍ङ्कालाई दबाब दिँदै आएको छ।