मेक्सिकोको उत्तरी शहरको एक जुवा घरमा भएको आक्रमणमा परी ५० जनाको मृत्यु

मेक्सिकोको उत्तरी शहरको एक जुवा घरमा भएको आक्रमणमा परी ५० जनाको मृत्यु भएको छ । मेक्सिकोको प्रख्यात औद्योगिक शहरका रुपमा रहेको मोटेरेमा पछिल्लो केही बर्षमा ब्यापक हिंसाका घटनाहरु हुने गरेका छन् । अज्ञात बन्दुकधारी जुवा घरमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्नुकासाथै पेट्रोल छर्केर आलो लगाएका थिए ।

 

मारिनेमा अधिकांश जुवाघरका कर्मचारी छन् । यसैबीच मेक्सिकोका राष्ट्रपति फेलिपे काल्डेरोनले घटनाप्रति चिन्ता ब्यक्त गर्दै घटनामा संलग्न अभियुक्तहरुलाई कारबाही गरी छोड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।