निरंकुश शासनका प्रतिक गद्दाफी युगको अन्त्य

Bulgaria: UN Warns Libyan Rebels against Assassinating Gaddafi

 

– एकराज पाठक

 

कम्तीमा चार दशकदेखि शासन गर्दै आएका लिबियाली शासक कर्णेल माउमर गद्दाफी अन्ततः आफ्नै जनताको घेराबन्दीमा परेका छन् । आन्दोलनमा उत्रिएका लिबियालीले सिङ्गो अरब जगतको नेता दाबीगर्ने उनलाई गत सोमबारदेखि आफ्नै निवासको घेरामा सीमित पारिदिएका छन् ।


त्यतिमात्र होइन, चार दशकसम्म निर्वाध शासन गरेका शक्तिसाली सैनिक शासकलाई उनकै जनताले टाउकाको मूल्य तोकेर अब उनको तानाशाही शासनको अन्त्यको शङ्खघोष पनि गरेका छन् । गद्दाफी शासनको अन्त्यको मागगर्दै आएका लिबियाली जनताले  सोमबार उनलाई आफ्नो निवासबाट भाग्न बाध्य पारेपछि  छ महिना लामो सशस्त्र सँघर्षको  अब छिट्टै अन्त्य हुँदैछ । विजय घोषणाको त्यो ऐतिहासिक क्षणको पर्खाइ लिबियाली नागरिकले अब लामो नहोस भन्ने कामना पनि गरिरहेका छन् ।

 

A rebel fighter on top a statue gestures and shoot in the air


फ्रान्सेली समाचार समिति एएफपी लेख्छ