अमेरिकामा आइरिन नामको भीषण समुद्री आँधी, कयौको मृत्यु,लाखौ मानिसहरु प्रभावित (LIVE)
भाद्र ११ गते, २०६८ मा प्रकाशित
अमेरिकामा शक्तिशाली समुद्री आंधी इरिनामा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आंधीले नर्थ क्यारोलिना, भर्जिनिया, र फ्लोरिडामा व्यापक क्षति पु-याएको छ । आंधीको खतरालाई ध्यानमा राखी २० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् । न्यूयोर्कको तल्लो तटिय क्षेत्रका ३ लाख मानिसलाई घर छा्ड्न भनिएको छ ।
आँधीबाट हुनसक्ने सम्भावित खतरालाई ध्यानमा राखी तटीय क्षेत्रका बस्ती खाली गराउने कार्य अहिलेसम्मकै बृहत भएको बताइएको छ । रेडक्रस लगायतका संस्थाहरुले घरवारविहीनहरुका लागि विभिन्न क्षेत्रमा अस्थाई वासस्थानको व्यवस्था गरेको जनाएका छन् ।
नर्थ क्यारोलिना र भर्जिनियाका ६ लाख मानिस विद्युत कटौतिको समस्यासंग जुध्न बाध्य भएका छन् । नर्थ क्यारोलिना, मेरिल्याण्ड, भर्जिनिया, डेलेवार, न्यू जर्सी , न्यूयोर्क र कनेक्टिकटमा आपतकालीन स्थितिको घोषणा गरिएको छ । इरिना नामको आंधीले क्यारेवियन क्षेत्रमा विनाश लिला मच्चाइसकेको छ । शहरमा पहिलो पटक भूमिगत रेल सेवा पनि बन्द गरिएको छ भने विभिन्न विमानस्थलहरु पनि बन्द गरिंदैछ ।
न्यूयोर्क – अमेरिकामा आइरिन नामको भीषण समुद्री तुफान-आँधी उत्तरी क्यारोलीनाको तटीय क्षेत्रलाई असर पार्दै वासिङटन र न्यूयोर्क शहरसम्म पुग्दै छ। समुद्री आँधी आइरिन १ सय ५५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढी रहेको छ।
समुद्री आँधी उत्तरी क्यारोलीना र भर्जिनियामा अहिले सम्म कम्तिमा पनि ५ जनाको मृत्यु भइसकेको छ। भने नोक्सानको लेखाजोखा अझै हुन सकेको छैन। लाखौ- लाख मानिसहरु प्रभावित भएका छन।
यस अघी अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा आइरिन नामको समुद्री आँधी अहिलेसम्मकै सबैभन्दा ठूलो हुनसक्ने चेतावनी दिएका थिए।
ओबामाले भीषण बाढी र विद्युत कटौतिको सम्भावना रहेको जनाउँ दिँदै अमेरिकी नागरिकलाई सचेत रहन आग्रह गरे । अमेरिकाको नर्थ क्यारोलिनाका सात राज्यसहितका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गर्दै त्यस क्षेत्रलाई खाली गराइएको छ ।
आँधीबाट हुनसक्ने सम्भावित खतरालाई ध्यानमा राखी तटीय क्षेत्रका बस्ती खाली गराउने कार्य अहिलेसम्मकै बृहत भएको बताइएको छ ।
क्यारेवियन क्षेत्रमा विनाश लिला मच्चाइसकेको आँधी उत्तरी क्यारोलीनाको तटीय क्षेत्रलाई असर पार्दै वासिङटन र न्यूयोर्क शहरसम्म पुग्ने बताइएको छ ।
यसबाट ६५ लाख व्यक्ति प्रभावित हुनसक्ने अनुमान गरिएको छ । शहरमा पहिलो पटक भूमिगत रेल सेवा पनि बन्द गरिएको छ ।