लिबियाको राजधानी त्रिपोली विद्रोहीले कब्जामा लिएपछि कर्णेल गद्दाफीका परिवार भागेर अल्जेरियामा

(L-R) Hannibal, Muhammad and Aisha Gaddafi

 

लिबियाको राजधानी त्रिपोली विद्रोहीले कब्जामा लिएपछि कर्णेल गद्दाफीका परिवार भागेर अल्जेरिया पुगेका छन् । अल्जेरियाली बिदेश मन्त्रालयले जनाए अनुसार गद्दाफीका पत्नी सफिया, छोरी आयशा र छोराहरु मोहमद र हनिबल हिजो अल्जेरिया पुगेका हुन् ।

 

गद्दाफीका परिवार अल्जेरिया प्रवेश गरेकोबारे अल्जेरिया सरकारले संयुक्त राष्ट्रसंघ र लिबियाका बिद्रोही नेताहरुलाई जानकारी गराइसकेको छ । कर्णेल गद्धाफीको स्थितिबारे कुनै जानकारी नभएको बताईएको छ । लिबियाली बिद्रोहीहरुले गद्दाफी र उनका परिवार अल्जेरिया भागेको हुनसक्ने आशंकामा अल्जेरियाली सरकारसंग जानकारी मागेको थियो तर अल्जेरियाले भने अस्वीकार गर्दै आएको थियो । यता लिबियाको राजधानी त्रिपोलीसहित अधिकांश क्षेत्र बिद्रोहीले नियन्त्रणमा लिइसकेका छन्। गद्दाफीको पकड क्षेत्र गृहनगर सिर्ततिर अघि बढेका बिद्रोहीले अर्को शहर नोफिलिया पनि कब्जामा लिएका छन् ।

 

यसैबचि लिबियाली कारागारमा रहेका सयौं बन्दीलाई त्रिपोलीबाट बेन्गाजी शहर लगिएको छ । गद्दाफीको शासन अन्त्यका लागि आन्दोलन शुरु भएयता कयौं ब्यक्तिलाई लिबियाली सेनाले पक्राउ गरी कारागारमा राखेको थियो । तर पछिल्लो समय नियन्त्रणमा लिईएका दशौं हजार बन्दीहरुको अवस्था भने अज्ञात रहेको मानवअधिकार संस्थाहरुले जनाएका छन् ।