संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन प्रधानमन्त्री डा. बाबुराम भट्राई १३ सदस्यीय नेपाली भ्रमण दलको नेतृत्व गरि आइतबार साँझ काठमाडौंबाट न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।
न्यूयोर्क पुगेलगत्तै प्रधानमन्त्रीले मरुभुमीकरण सम्वन्धी उच्चस्तरिय वैठकमा भाग लिने कार्यक्रम रहेको छ । त्यसको भोलिपल्ट अर्थात सेप्टेम्बर २१ मा प्रधानमन्त्रीले परमाणु वचाउ र सुरक्षा सम्वन्धी उच्च स्तरीय बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकलाई अमेरिकी राष्ट्रपति वाराक ओवामा लगायत रुस, व्राजिल, युक्रेन लगायतका देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नेछन् ।
कार्यक्रमको दोश्रो सत्रमा प्रधानमन्त्रीले रंगभेद र जातिय भेदभाव विरुद्घ घोषणाको दश वर्ष पुगेको अवसरमा डर्वान घोषणासम्वन्धी उच्चस्तरीय वैठकमा सम्वोधन गर्ने कार्यक्रम छ । झण्डै ९० देशका राष्ट्रप्रमुख एवं ४५ देशका सरकार प्रमुख उपस्थित हुने उच्चस्तरीय बैठकलाई महासभाको सबैभन्दा ठूलो कार्यक्रम मानिन्छ । यसैगरी प्रधानमन्त्रीले दीगो विकासका चुनौती सम्वन्धी कार्यक्रममा पनि भाग लिनेछन् । सेप्टेम्वर २२ मा प्रधानमन्त्री बाराक ओवामाले विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुलाई दिने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् भने सोहि दिन उनले राष्ट्रसघंका महासचिव वान कि मुनलाई भेट्ने कार्यक्रम छ ।
सेप्टेम्वर २३ का दिन भट्टराईको सम्मानमा नेपालको संयुक्त राष्ट्रसंघ मिसनको कार्यलयले नेपालीहरुबीच एक कार्यक्रम पनि गर्नेछ । सोहि दिन दिउँसो प्रधानमन्त्रीले न्यु स्कुल युर्निभरसिटीले आयोजना गर्ने