हिन्दुहरुको महान चाड बडादसैँ टीकाको दोस्रो दिन मान्यजनहरूबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी


काठमाडौ  – हिन्दुहरुको महान चाड बडादसैँ टीकाको दोस्रो दिन आज(शुक्रबार) पनि मान्यजनहरूबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी छ ।

आज बिहानदेखि नै सडकमा आफन्तजनकहाँ टीका लगाउन हिँड्ने नेपालीहरूको चहलपहल देखिएको छ ।

फूलपातीदेखि काठमाडौँको सडक बजार प्रायः सुनसान रहेकोमा बिहीबारदेखि टीका लगाउनेको ओहरदोहर सुरु भएको देख्न सकिन्छ ।

सार्वजनिक सवारीसाधन ज्यादै कम चलेकाले धेरैजसो मानिस निधारभरि रातो अक्षता र शिरमा जमरा लगाई बाटामा हिँडिरहेको देखिन्छन् ।

चाड पर्वको बेलामा कुनै आपराधिक घटना हुन नदिन चोकचोकमा प्रहरी सुरक्षाका लागि खटिएका छन् । टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । रासस