योग विद्याले मेरो राष्ट्रसेवा गर्ने भावना माथि धेरै सहयोग पुर् याएको छ:- प्रभारी हेमा ढुङ्गाना, पताजली योग समिती नेपाल


प्रभारी हेमा ढुङ्गाना, अध्यक्ष पताजली योग समिती नेपाल  (तस्विर:शोभाखर पन्थी)

 

पताजली योग समिती नेपालका केन्द्रिय महिला अध्यक्ष  प्रभारी  हेमा ढुङ्गाना सँग हाम्रा अर्घाखाँची संवाददाता शोभाखर पन्थीले लिनुभएको अन्तरवार्ता:-  

 

क- योग के हो ?
 
– योग भनेको आत्मा अनुशासन हो । आत्माबोध जीवन शैली जीवन जिउनेकला आत्मा र परमात्माको मिलन आन्तरिक चिर शान्ति र आनन्दको अनुभुती व्याधिदेखि मुक्त समाधि सम्मको यात्रा चित्तवृत्तिको निरोध गर्ने प्रकि्रया हो ।

ख- योग गर्नाले के फाइदा हुन्छ  ?


– योग गर्नाले सम्पूर्ण शरीरका अङ्ग-अङ्गलाई सवल सुदृढ र स्वास्थ्य बनाउँछमनलाई र निर्मल कोमल बनाउँछ ।


ग- तपाई योग विधामा कहिले देखि प्रवेश गर्नुभयो  ?


– म यौगिक परिवारमा हुर्किएको बच्चा हुँ  मेरो माता जी शन्त हुनुहुन्छ  त्यसकारण मेरो घरमा धेरै शन्त महानुभावहरुको समागम हुने गथ्र्यो मैले बाल्यकालमै योगको बारेमा माहात्माहरु बाट केही कुरा सुन्ने र बुभुने मौका पाएकी थिएँ पछि आएर प्रम  पुज्यनिय स्वामी रामदेवगुरु बाट प्रशिक्षण लिने मौका मैले सन २००५ मा पाएकी हुँ नेपालमा हामी २३ जना प्रमाणपत्र प्राप्त योग शिक्षकबाट नेपालको योग अभ्यासलाई सुरुवात गरेका हौँ ।


घ- योग क्षेत्रमै लाग्नु यहाँको प्रमुख कारण के होला  ?


– मलाई विशुद्ध समाजसेवा गर्न मन पथ्र्यो संस्थामा जोडिनु भन्दा पहिलेका दिनहरुमा पनि पूर्वाचलको मोरङ जिल्लामा निशुल्क खानेपानीको लागि ट्यूवेल वितरण निशुल्क स्वास्थ्य शिविर संचालन बाटो र पुल निर्माण  गर्ने गाउँमा विजुली लैजाने मठमन्दिर र आश्रमको व्यवस्थापन गर्ने काम हामीले नारी शक्ति पहिचान संघ मार्फत गर्दै आएका थियौँ । म त्यो संस्थाकी अध्यक्ष थिएँ र सोही संस्था मार्फत सामाजिक काम गर्ने अवसर पाएकी मलाइ पछि आएर पताजली योग समितिमा सामेल हुने अवसर मिल्यो। । योग समिति एउटा विशुद्ध सामाजिक संस्था र प्रत्यक्ष मानव जीवन संग सरोकार राख्ने विषय योग विधा मार्फत राष्ट्र र जनताको सेवा गर्न सकिन्छ भन्ने सोँचबाट प्रेरित भएर म यो संस्थामा आएकी हुँ ।


ङ-  योग क्षेत्रमा लाग्दा समाजसेवा गर्ने तपाइको इच्छाले कत्तिको सार्थकता पाएको छ ?


– योग विद्याले मेरो राष्ट्रसेवा गर्ने भावना माथि धेरै सहयोग पुर् याएको छ ।  मेरो सेवा गर्ने भावनाले विराट रुप पाएको छ । म तपाईलाई जानकारी गराउँ ०४५ सालमा नेपाल अधिराज्य पैदल यात्रा नेपाली वावा जो एक महात्मा हुनुहुन्थ्यो उहाँ संगको यात्रामा मेरो आमा सहित हामी ३५ जना  साथीले देश दर्शन गर्ने मौका पाएका थियौँ । नेपालका प्रत्येक जिल्लाहरुमा पुग्दा नेपालको लागि केहि गर्न पाए हुन्थ्यो भन्ने भाव म भित्र थियो ।  पताजली योग समिति मार्फत नेपालका हरेक जिल्लाहरुमा योग शिविर द्धारा अनेक रोगी विरामीहरुको सेवा गर्न पाउँदा मेरो सेवा गर्ने भावनाले विराट रुपता पाएको महसुस गरेकी छु ।


च- अहिले सम्म कति जिल्लामा योग शिविर संचालन गर्नु भयो  ?


– यत्ती नै भनेर ठयाक्कै भन्नत सक्दीन तर देशका अधिक जिल्लामा योग शिविर संचालन गर्ने अवसर पाएकी छु ।

 

छ- योग शिविरमा कस्तो किसिमका मानिसहरु आउने गरेका छन्  ?


– सवै वर्ग सवै समूह सवै जाती सवै धर्म सवै दल रोगीदेखि निरोगी सम्म र उच्च वर्ग देखि निम्न अवस्था भएका सवै किसिमका मानिसहरुको सहभागिता रहने गरेको छ ।


ज- योग  त केवल रोगीहरुले मात्रै गर्नु पर्छ भन्ने गरिन्छ नी ?


– यो बुझाइको कमि हो । बाँच्नको लागि अ_िक्सजन सवैल लिनु पर्छ कार्वनडाई अक्साइट छोड्नु पर्छ यो शरीरको विज्ञान हो । त्यसैले सवै मानिसलाई योग गर्नु आवश्यक छ ।


झ- योग र आयुर्वेदको बीचमा के सम्बन्ध छ  ?


– योग र आयुर्वेद अभिन्न अङ्ग हुन । योगद्धारा सवैखाले रोगलाई ठिक पार्न सकिन्छ असाध्यै विरामीहरुलाई आयुर्वेदको पनि सहयोग लिइन्छ । 


 योग बाट कस्ता कस्ता रोग ठिक पार्न सकिन्छ ?


– योगद्धारा सामान्य विरामी देखि गम्भिर प्रकृतिका विरामीहरु जस्तै क्यान्सर एड्स थाइराइट अर्थाइटिस माइग्रेन पेन सोराइसीस प्यारालाइसेस सिप्लीस जस्ता रोगहरु निको पार्न सकिन्छ ।


ट- त्यसो भए अव रोग लाग्यो भने औषधी नै गर्नु परेन त  ?


– योगद्धारा धेरैखाले रागीहरु ठिक हुन्छन् तर आयुर्वेदको पनि साहरा लिन सकिन्छ यद्यपी इमर्जेन्सी अप्रेशन हटहट्याक र दुर्घटनाको केसहरुमा हामीले एलोपेथिक औषधीको पनि सहयोग लिन सक्छौँ ।


ठ-  तपाई पताजली योग समितिको केन्द्रीय प्रभारी   अध्यक्ष हुनुहुन्छ  पताजली योग समितिले नेपालमा के काम गरेको छ  ?


– पताजली योग समितिको ३ वटा विभागहरु नेपालमा कार्यरत छन् । पताजली योग पिठ  नेपाल आयुर्वेद केन्द्र प्रा.लि । नेपाल र पताजली योग समिति नेपाल यो ३ वटै संस्थाले आ-आफ्नो क्षेत्रमा काम गर्दै आएका छन् ।


ट्रष्ले जग्गा  आश्रम व्यवस्थापन तथा निर्माण आयुर्वेद केन्द्रले हाम्रो संस्थाद्धारा उत्पादित औषधि जनता सम्म पुर् याउने र योग समितिले नेपाल भरी योग शिक्षक तयार गरी योगलाई देशका गाउँ गाउँ  सम्म पुर् याउने एवम् योग तथा आयुर्वेदको प्रचार प्रसार गर्ने काम गर्दै आएका छन् । 


     काम अलग अलग देखिएता पनि समग्रमा सवैको उद्देश्य एउटै छ सवै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई योग र आयुर्वेदका माध्यम बाट स्वस्थ्य तन्द्रुरुस्त  लगनसिल मेहनती राष्ट्रभक्त अनुशासित बनाएर राष्ट्रको उन्नती र प्रगतीमा सहयोग पुर् याउनु ।


ड- सरकारबाट तपाईहरुले केही अपेक्षा राख्नु भएको छ की ?


सरकारवाट हामीले ठूलो अपेक्षा राखेका छौँ । राज्यले ठूलो संख्यामा युवाहरुलाई निस्तेज पार्ने काम गरेको छ । राज्यको मेरुदण्डको रुपमा रहेका युवाहरुलाई नसालु पदार्थ मद्यपान लगायतको कुलतमा फसाउने षडयन्त्र गरिएको छ । युवाजनशक्तिलाई सतमार्गमा ल्याउने प्रमुख माध्यम अहिले योग शिक्षा बनेको छ । अतः राज्यले विद्यालय स्तरमा योग शिक्षा राख्न पर्छ भन्ने हाम्रो माग छ ।


ढ- अन्त्यमा हाम्रो पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?


यहाहरुको लोकपि्रय पत्रिका मार्फत आपःना भनाईहरु राख्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । २१ औँ शताव्दीको युगमा संचारको निकै ठुलो महत्व रहेको छ । मुलुकका सवै खाले परिवर्तन र सचेतनाका कार्यक्रमहरु संचारकै कारणबाट सफल बनेका छन् ।


हामी योगका माध्यमबाट करोडौँ नेपाली दाजुभाई दिदिबहिनीहरुलाई रोग र शोकबाट मुक्त पार्न चाहन्छौँ । चरित्रवान र असल नागरिक निर्माण गरि सम्वृद्ध नेपालको निर्माणमा महत्वपुर्ण योगदान फउने अभियानमा छौँ । अत हाम्रो यो अभियानमा संचार जगतले विगतमा जस्तै सहयोग गर्नेछ भन्ने मैले अपेक्षा लिएकी छु ।

 







Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.