– हिमबहादुर जि.सी, लेकाली
पतन्जली योग समितिको स्थापना भएको लामो समय भएको छैन । योग शिक्षा नेपालमा पनि धेरै वर्ष पहिले देखी राजधानी लगायत देशका प्रमुख शहरहरुमा विभिन्न संस्थाहरुको नाममा विभिन्न योग प्रशिक्षकहरुबाट सचालन भई आएका छन् । तर त्यती वेला यो शिक्षाले अहिले जस्तो व्यापकता लिन सकेन । खासगरी जव भारतमा योग गुरु रामदेवका साथ नेपाली मूलका आचार्य बालकृष्ण उनी संग जोडिएर पताजली योगपिठको नामाकरण गरी भारतको हरिद्धारबाट योग शिक्षाको प्रचार शुरु गरे त्यसपछि यसको विकासक्रमले गति लिएको देखिन्छ । उनलाई माथी उठाउन भारतीय साचार माध्यमहरु प्रवुद्ध व्यक्तीत्वहरु र सरकार स्वयंले ठूलो मद्दत गर्यो । छोटो समयमा उनको संस्था र उनी ठूलो चर्चामा आए । पताजली आयुर्वेद कम्पनी पताजली अस्पताल र दर्जनौं वस्तुहरु उत्पादन गर्ने कारखाना समेत निर्माण गरे । यसरी भारतमा फैलिएको पताजली योग पिठको प्रभाव नेपालमा पनि पर् यो । राजधानी काठमाण्डौमा यसको केन्द्रीय कार्यालय स्थापना भयो । सम्पूर्ण सांगठनिक कामकाजहरु हरिद्धारबाट साचालन हुने गरि नेपालमा यसका गतिविधीहरु अगाडी वढ्न थाले । हरिद्धारका सम्पूर्ण सामग्रीहरु नेपालमा ल्याएर विकि्र गर्न थालियो । भारतकै लोगो एवं रामदेव र बालकृष्णको फोटो टाँसेर हुबहु हरिद्धारकै शैलीमा संगठनको विस्तार गर्न थालियो । योग रोगीहरुका लागि निको पार्न सहयोग गर्ने भएकोले धेरै मानिसहरु यसको पछि लागे ।
भारतीयभूमीमा पटक पटक थुप्रै गोष्ठी सेमिनार प्रशिक्षणहरु साचालन भए । एउटा कार्यशाला गोष्ठीको कुरा हो जुन दुई देशविचको थियो । उक्त कार्यशाला गोष्ठीमा नेपालका प्रत्येक जिल्लाका प्रमुख र प्रतिनिधीहरुको उपस्थिती गराइएको थियो । उक्त कार्यशालामा भारतको मात्र झण्डा र व्यानर राखियो । नेपाली अस्तित्व र उपस्थितीलाई स्वीकार गरिएन । भारतको राष्ट्रिय गान देखी लिएर भारतीय भेषभूषा शैलीको उच्च प्रशंशा गरियो । नेपाली मूलका आचार्य बालकृष्ण जसलाई नेपालीहरु पताजलीमा पाउदा गर्व गर्दथे । उनको उपस्थितीका कारण योगमा नेपालीहरुको आकर्शणता वढिरहेको वेला त्यती ठूलो गोष्ठीमा समेत उनले नेपाली शव्द सम्म उच्चारण गर्न चाहेनन् । त्यसरी नेपाललाई एउटा भारतको प्रान्तको रुपमा सम्झिए । उनको यो व्यवहार नेपाली योग कर्मीहरुलाई मन परेन । मन कुँडियो अमिलो भयो । रामदेवको समिपमा आएर सास्ट्राङ्ग दण्डवत गरी पाउ छोएर आशिर्वाद लिन लगाइयो । पाउ नछुनेहरुलाई रामदेवले कर्के आँखाले हेरे । यस्ता विभिन्न खालका अपमानपूर्ण ब्यवहारहरु सहेर नेपालीहरु स्वदेश फर्किए । सवैका मन मन र माच माचमा ठेस लागेका अभिव्यक्तीहरु गुन्जिनै रहे ।
नेपालमा भारतीय शैलीमा झंगिएको पताजली योग समिति पुराना सामन्ती राजा रजौटाहकै शैलीमा निर्माण हुन थाल्यो । हरिद्धरामा योग गुरुहरुको आर्शिवादमा उनीहरुका चाटुकरहरु मात्र रहेको केन्द्रीय समितिको गठन गरियो । अाचल क्षेत्र र जिल्ला समितिहरु समेत उनीहरुको निर्देशन र आशिर्वचन पाएर वन्न थाले । यती सम्मकी जिल्लाको अध्यक्ष तय गर्दा समेत हरिद्धारबाट टिको लगाएर पठाइयो । स्वाभिमानी नेपालीहरु नेपाली संस्कार संस्कृती र समावेशी प्रकि्रयाबाट संगठन निर्माण गर्न चाहन्थे तर त्यसो गर्न दिइएन । सम्पूर्ण प्रमुख व्यक्तिहरु हरिद्धारकै आर्शिवादमा चुनिए । आज पताजली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा देशका कुना कुनामा रहेका जडिवुटीहरु संकलन गरी काठमाण्डौमा जम्मा गर्ने र भित्री सन्चो भारत लैजाने प्रपन्च रचिदैछ भन्ने सुन्नमा पाईन्छ ।
नेपाल तथा भारतमा स्थापना भएका पताजली अस्पताल आयुर्वेद क्लिनिकहरुमा पहिलेभन्दा विरामीहरुको उपस्थिती बाक्लो भएको देखिन्छ । उपचारको लागि कतिपय नेपालीहरु हरिद्धारमा समेत पुगेको देखिन्छ । पताजली योगपिठ हरिद्धार आवरणमा हेर्दा त मनमोहक नै देखिन्छ तर भित्रपट्टीको उपचारको कथा भने बेग्लै छ । जहाँ विरामी जाँच्न वसेका वैद्यजीहरुले विरामीहरुलाई आवश्यकता भन्दा बढी औषधी लेखिदिएर महँगा औषधीहरु गरिव दुखीहरुले किन्न नसक्दा उपचारबाट वन्चित हुनुपरेको छ भने अस्पतालले धेरै औषधी बेचेर नाफा कमाउन खोजीरहेको छ । औषधी मात्र होइन अस्पताल बाहिर रहेका दर्जनौ नीजि ल्याव तथा क्लिनिक चलाउने जिम्मा बिरामी जाँच्ने वैद्यजीहरुले लिनुभएको देखिन्छ । जहाँ विरामीहरुलाई आवश्यकता विना नै सामान्य रोगमा पनि महँगा एक्सरे सिटी स्क्यान गर्न लगाईन्छ । र त्यो गरेबापत सिफारिस गर्नेहरुले उक्त क्लिनिकबाट रकमको प्रतिशत खाने गर्दछन् । यसरी कमाउने रवैया चलेका हरिद्धार अस्पतालका वैद्यजीहरु एक्सरे रिपोर्ट हेर्न कत्तिको सक्षम हुनुहुन्छ त्यो खोजीको विषय वनेको छ ।
केही समय पहिले भारतबाट प्रकाशित हुने योग सन्देशमा एउटा लेख पढ्ने अवसर मिल्यो । लेखिएको थियो पताजली ऋषी भारतका हुन । योग भारतको संस्कृती र जन्मथलो हो । पताजली योग अरुले सिको गरिरहेका छन् । यसको योग प्याकेज घुमाउरो पाराले चोरी गरीरहेका छन् ।
यो लेखको कुरा मात्र होइन । हामीले दुई शव्दहरु पताजलीको प्रशिक्षण दिने धेरै गुरुहरुबाट पनि सुनेका छौं । यहाँनिर भन्नैपर्ने हुन्छ । पताजली जो अहिले संस्था र अभियानको कुरा छ त्यो त्यतीवेला कुन गर्भमा थियो हामीलाई थाहा छैन । तर हामीले सुनेका र देखेका छौं हाम्रो देशमा थुप्रै प्राकृतिक चिकित्सालय योगशाला आयुर्वेद केन्द्रहरु पहिल्यै देखी स्थापना भएका हुन् । कतिपय संस्थाहरु अहिलेसम्म पनि आफुसक्दो साचालन भइरहेका छन् कि्रयाशिल वनि नै रहेका छन् । यो कुरा पताजलीका अन्धभक्तहरुलाई थाहा भएन की हामीलाई थाहा छ विश्वमा कैयौ यस्ता व्यक्तिहरु आए र छन् पनि । जसको विचारहरु ज्ञानहरु संसारले ग्रहण गरिरहेको छ । के पताजली पताजली योगपिठका मात्र हुन् उनका असल कुराहरु अरुले ग्रहण गर्ने अधिकार राख्दैन
यसरी विचार अभिव्यक्ती हुने क्रममा २०६६ माघ १ बाट हरिद्धारमा साचादन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आचार्य बालकृष्णले बोलेको कुरा हामी नेपालीहरुमा अहिले पनि बिझेरै रहेको छ । उहाँले भन्नुभएको थियो ूबहुत सारे नेपाली लोग भतवार के लिए आते है । यसको अर्थ धेरै नेपालीहरु भात खान नपाएर हरिद्धार आउँछन् । यो कस्तो अभिव्यक्ती हो एउटा नेपालीको छोरा नेपाली मूलको मान्छे योगको माध्यमबाट सवैलाई सुखी बनाउने मान्छे तर सोँच र भावना एस्तो । उहाँ अझै वोल्नुभएको छ । म भारतीय नागरिक हुँ र मेरो जन्मथलो भारत हो । तपाइले भारतमा बसेर भारत सरकारसंग कुन अपराध गरिरहनेभएको छ र लुक्नलाई आफ्नो अस्तित्व वेचेर भारतीय शासक विच घुँडा टेकेर आत्म समर्पण गर्नुभयो नेपालीहरु भन्छन् योगको नाममा राष्ट्रियता वेच्न पाइदैन । योगको नाममा नेपाली जनतालाई गुमराहमा राख्न पाइदैन । भारतीय शासकसँग विन्तिभाउ गरेर ल्याएको चारो नेपालमा छरेर एक दुईओटा भवन वनाइदिएर खोक्रो आडम्बर देखाउन पाइदैन । नेपाली जडिवुटी विदेशमा बेच्न पाइदैन । भारतीय वजार नेपालमा मौलाउन दिन पाइदैन । बालकृष्ण जीलाई नेपाल र नेपालीको साँच्चै माया छ भने भारतमा वसेर गुलाम गर्ने होइन । नेपाल वसेर नेपाली टोपी लगाएर योग शिक्षा र आयुर्वेदको विकासमा लाग्नुहोस । हामी लाखौं नेपाली यहाँलाई सहयोग गर्न तयार छौं ।
अव थोरै कुरा रह्यो लवदेव मिश्र जो पताजली योग समिति नेपालको राष्ट्रिय प्रभारी हुनुहुन्छ । साह्रै मिठो वोली वोल्ने मान्छे मृदभाषी भद्र र शालिन देखिने उहाँको विषयमा कुनै कुराहरु लेख्दा र वोल्दा झट्ट नपताउने जस्तो व्यक्तीत्व तर साह्रै कुटिल रकमी जडसुत्रवादी र पुर्वाग्रही उहाँलाई पहिलो पंक्तीमै यो भनिरहँदा कसैले प्रमाण खोज्लान उहाँका नजिकका मान्छेहरु रिसाउलान । तथापी सत्यता र यथार्थलाई कसैले राक्न सक्दैन । यी भनाईका प्रमाण र पुष्टीहरु हामीसंग छन् । उहाँको व्यक्तीगत जीवनसँग हामीलाई कुनै सरोकार छैन । सरोकार संस्थासंग हो । संस्थाको नृतृत्वसंग हो योगको नाममा भित्रिएको विकृती र नेपाली भावनामा ठेस लागेका साझा सवालहरु संगको हो । र यहाँ नेतृत्वलाई सच्याउने प्रयत्नमा यी सवालहरुको उठान गरिएका हुन् ।
उहाँको छत्रछायाँमा वसेर पताजली संस्थाको स्थापना कालदेखी अहिलेसम्म हामीले सक्दा प्रयत्नहरु गर्यौं । महिला प्रभारी हेमा ढुङ्गानालाई आमन्त्रण गरी राष्ट्रिय स्तरको शिविर जिल्लामा साचालन गर्यौं । ग्रामिण र जिल्ला स्तरीय शिविरहरुको आयोजना गर्यौं । केन्द्रले डाकेका वैठक गोष्ठी प्रशिक्षणहरुमा समावेश वन्यौं । पताजली हरिद्धार पुगेर रामदेव र वालकृ&am