आज अमेरिकी दूतावासबाहिर विरोध प्रदर्शन

अमेरिकी मकैको विरोध
काठमाडौँ, मङ्सिर ९ विवादास्पद अमेरिकी कम्पनी मोनसान्टोको हाइब्रिड बिउ नेपालका तीन जिल्लामा बाँड्ने तयारीको विरोधमा आज अपराह्न अमेरिकी दूतावासबाहिर विरोध प्रदर्शन हुने भएको छ।
   भदौ २७ गते अमेरिकी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा मोनसान्टो र युएसएडको सहयोगमा नेपाल सरकार कृषि मन्त्रालयसँगको साझेदारीमा नमूना परियोजना सुरु गर्न लागेको उल्लेख गरिए पनि कृषि मन्त्रालयले भने यस्तो सम्झौता नभएको बताउँदै आएको छ।
कृषि मन्त्रालय र युसएड ( मोनसान्टोको बीचमा संभावित सम्झौतालाई रद्ध गर्ने उद्देश्यका साथ आज अपराह्न साढे ३ बजे शिक्षण अस्पतालदेखि अमेरिकी दुतावास युसएडको भवनसम्म विरोध र्‍याली गर्न लागेको आयोजकहरुले जनाएका छन्।
मोनसान्टाले वितरण गरेको बिउले भारत लगायत विश्वका धेरै देशहरुमा परेको गम्भिर असरका कारण नेपालमा पनि त्यसको दुरगामी रुपमा गम्भिर असर पर्ने आयोजकहरुले बताएका छन्।  आयोजकहरुद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ( ुनेपाली किसानहरु मोनसान्टो कम्पनीमा परनिर्भर हुने अवस्था आउन सक्छ जसले यहाँको विउ र यहाँको किसानहरुमा मोनसान्टो कम्पनीको नियन्त्रण हुनेछ।ु
ुकिसानहरुको अवस्था आर्थिक रुपमा अझ कष्टकर हुनेछ र माटो तथा पार्यावरण गम्भिर असर पर्नेछ। मोनसान्टोले वितरण गर्ने विउका लागी अत्याधिक विषादीको प्रयोग हुने हुनाले समग्र खेती प्रणाली प्रभावित हुनेछु, विज्ञप्तिमा उल्लेख छ।