अफ्रिकी मुलुक आईभोरी कोष्टका पुर्व राष्ट्रपति लरेन्ट बाग्बो अन्तराष्ट्रिय फौजदारी अदालतमा उपस्थित हुने भएका छन् । नेदरल्याण्ड्सको द हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि गत अप्रिल देखी आफ्नै निवासमा वन्दी बनाईएका बाग्बो अदालतमा उपस्थित हुन लागेका हुन् । आईभोरी कोष्ट र विश्वका मानव अधिकारवादीहरुले यसलाई मानवताको पक्षमा चालीएको कदम भनेपनि पुर्वराष्ट्रपति बाग्बोले भने यसलाई जित्नेहरुको न्याय भनेर टिप्पणी गरेका छन् ।
गत वर्ष भएको राष्ट्रपति निर्वाचनमा पराजित भएर पनि बाग्बोले सत्ता हस्तान्तरण गर्न नमानेपछि आईभोरी कोष्टमा भड्किएको हिंसामा ३ हजार भन्दा बढीको मृत्यु भएको थियो । त्यतीवेला अन्तराष्ट्रिय समुदाय र सर्वेक्षकहरुले अलासान औटारा विजयी भएको बताएका थिएभने बाग्बोले निर्वाचनको परिणाम अस्विकार गरेका थिए ।
आईभोरी कोष्टमा संसदीय निर्वाचन हुनुभन्दा दुई हप्ता मात्रै अगाडि पुर्व राष्ट्रपति बाग्बोलाई अन्तराष्ट्रिय अदालतमा पठाउनुलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
बाग्बो विरुद्ध आईसीसीले मानवता विरुद्धको फौजदारी अपराधमा मुद्धा चलाउने प्रत्रिया थालेको छ भने आईभोरी कोष्ट प्रशाशनले भ्रष्टाचार र अन्य आर्थीक अनियमितताको मुद्धा चलाईरहेको छ ।
आईभोरी कोष्ट अन्तराष्ट्रिय फौजदारी अदालतको पक्ष राष्ट्र नभएपनि त्यहाँको वर्तमान सरकारले आईसीसीको न्याप्रणालीलाई स्विकारेका कारण पुर्व राष्ट्रपति बाग्बो विरुद्ध मुद्धा चलाउन सकिएको हो ।