ईरानमा रहेको बेलायती दुतावासमा ईरानी प्रदर्शनकारीहरुले गरेको आक्रमणको बेलायतद्धारा कडा निन्दा

ईरानमा रहेको बेलायती दुतावासमा ईरानी प्रदर्शनकारीहरुले गरेको आक्रमणको बेलायतले कडा निन्दा गरेको छ । तेहरानस्थित आफ्नो दुतावासमा आक्रमण गर्दै प्रदर्शनकारीहरुले बेलायती झण्डा जलाएको प्रति लक्षीत गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले ईरानले जुनसुकै परिणाम भोग्नुपर्ने चेतावनी समेत दिनुभयो ।

आणविक कार्यक्रमको विरोधमा ईरानमाथि थप नाकावन्दी लगाउने निर्णय बेलायतले गरे लगत्तै ईरानी प्रदर्शनकारीहरुले तेहरानस्थित बेलायती दुतावासलाई निशाना बनाएका थिए । यसअघि ईरानको संसदले बेलायतसँगको कुटनीतिक सम्बन्धलाई कम महत्व दिने प्रस्ताव पारित गरेको थियो ।

पछिल्लो घटनाले ईरानसँग पश्चिमा सम्बन्ध झनै बिग्रीएको छ भने तेहरानमा रहेको बेलायती दुतावास, त्यहाँ कार्यरत सम्पुर्ण कर्मचारी र उनीहरुको परिवारको सुरक्षामा कुनै चुनौती उत्पन्न भए ईरानले जस्तोसुकै परिणाम भोग्नुपर्ने चेतावनी बेलायतले दिएको छ ।