भारत बन्दका कारण मुख्य शहरमा कडा प्रभाव

भारतमा विदेशीहरुलाई खुद्रा पसल संचालनको अनुमति दिने सरकारको निर्णयलाई लिएर विहीवार भारत बन्द गरिएको छ । ब्यापारीहरुले गरेको बन्दलाई भारतीय जनता पार्टी, समाजवादी पार्टी, बहुजन समाजवादी पार्टीलगायतका दलहरुले समर्थन गरेका छन् ।

 

त्यसैगरी सामाजिक कार्यकर्ता अन्ना हजारो, योगगुरु रामदेवलगायतले पनि खुद्रा बजारमा विदेशीलाई अनुमति दिने निर्णयको विरोध गरेका छन् । विदेशीलाई किराना ब्यवसाय संचालन गर्न दिने सरकारी निर्णयका विरुद्धमा एकसातादेखि लगातार संसद अबरुद्ध हुंदै आएको छ ।

 

भारतका सबै मुख्य शहरमा बन्दको कडा प्रभाव परेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भारतीय सत्तारुढ कांग्रेस आई विदेशीलाई खुद्रा ब्यवसायमा संलग्न गराउने निर्णयबाट पछाडि हट्न तयार देखिएको छैन् । कांग्रेसका सहयोगी दलहरु नै विदेशीलाई खुद्रा ब्यवसाय संचालनको जिम्मेवारी दिने निर्णयप्रति असन्तुष्ट रहेका छन् । विदेशीलाई खुद्रां ब्यवसायमा संलग्न गराएपछि सामानको मुल्य ४५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।