ईरान सरकारको नियन्त्रणमा रहेको आप्mनो ड्रोन विमान फिर्ता गर्न अमेरीकाले ईरानसँग आग्रह गरेको छ । अमेरीकी राष्ट्रपति बाराक ओवामाले केही हप्ता अगाडि ईरानले नियन्त्रणमा लिएको आफ्नो विमान फर्काउन ईरान सरकारसँग औपचारीक आग्रह गरिएको बताउनुभएको हो । विना स्विकृती आफ्नो आकाशमा प्रवेश गरेको भन्दै ईरानले मानवरहीत अमेरीकी ड्रोन विमान नियन्त्रणमा लिएको थियो । अमेरीकाले सैन्य जासुसी प्रयोजनको लागि ईरानी आकाशमा उक्त विमान पठाएको जीकीर ईरानले गर्दै आएको छ । तर ईरानी आरोपको खण्डन गर्दै अमेरीकाले भने आप्mनो विमान भुलवश ईरानी आकाशमा प्रवेश गरेको र प्राविधिक त्रुटीले ईरानी भुमीमा खसेको प्रतिक्रिया दिएको छ ।
ईरानी राष्ट्रिय सेना रिभोलुस्नरी गार्डका अनुसार अफगानिस्तान र ईरानको पुर्वी सिमानाभन्दा २ सय ५० किलोमिटर भित्र ईरानी आकाशमा जासुसी गरिरहेको अवस्थामा साईबर आक्रमण मार्फत अमेरीकी ड्रोन विमान खसालिएको हो ।
अमेरीकी ड्रोन विमान कहिलेदेखी ईरानी हवाई क्षेत्रमा सक्रिय थियो र यसले के कती जासुसी कार्य गरेको छ भन्नेवारे पत्ता लगाउन क्षतीग्रस्त उक्त ड्रोन विमानको तथ्यांक खोज्ने कार्य अन्तिम चरणमा पुगेको ईरानले जनाएको छ ।