काजकिस्तानमा हड्तालमा उत्रिएका तेल कम्पनीका कामदार र सुरक्षाकर्मीबीच झडप हुँदा कम्तिमा १० जनाको मृत्यु

काजकिस्तानमा हड्तालमा उत्रिएका तेल कम्पनीका कामदार र सुरक्षाकर्मीबीच झडप हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । पश्चिमी झनाओजेन शहरमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली हानेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

छ महिना देखि शहरको मुख्य चोकमा हड्तालमा उत्रिरहेका कामदारहरुलाई सुरक्षाकर्मीले त्यहाँबाट हटाउन खोज्दा झडप भएको बताइएको छ । तेल कम्पनीका कामदारहरुले तलब बढाउनुपर्ने र जोखिमपूर्ण कामको छुट्टै पैसा पाउनु पर्ने माग गर्दै आएका छन् । कामदारहरुले शहरका सरकारी भवन र पसलहरुमा आगजनी समेत गरेका छन् ।

 

सोभियत संघबाट काजकिस्तान स्वतन्त्र भएको २० औं वर्ष पुगेको बेला यो आन्दोलन भएको हो ।