– प्रेमनारायण आचार्य
अर्घाखाँची ३० पौष । नेपाली काग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले माओबादी शान्ती प्रकृया र संबिधान निर्माणको बाधक रहेको बताउनु भएको छ । उहाले माओबादीले सधैभर सम्झौता गर्ने तर ब्यबहारमा नउतारेकाकारण देशले निकास पाउन नसकेको बताउदै माओबादी संग हतियार र सेना राखेर संबिधान नबन्ने जिकिर गर्नु भयो ।
अर्घाखाँचीको पोखराथोकमा भृकुटी महिला समुह पोखराथोकको आयोजानमा भएको अन्तरकृया कार्यक्रममा बोल्दै अर्घाखाँची जिल्ला २ नम्बर क्षेत्रकी सभासद समेतरहेकी भुसालले महिला ससक्तीकरणका लागी आफु लागी परेको बताउदै अब बन्ने संबिधानमामहिलाको हक अधिकार सुनिस्चत हुने बताउनु भयो ।
उहाले राजनितिक दलहरुले ब्यक्तिगत स्वार्थ र राजनितिक स्वार्थ त्यागेर जनतालाई जनमुखीलोकतान्त्रिक संबिधान दिनु पर्ने बताउदै पाटीलाई एक जुट बनाएर अगाडी बढाउन आग्रहगर्दै पाटीलाई शसक्त रुपमा अगाडी बढाउनुपर्ने बताउनु भयो।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुरखड्काले नेपाली काग्रेसको संगठन बिस्तारका लागी सबै एक जुट भएर लाग्नु पर्ने बताउदैआफु संगठन निर्माणमा गाँउ दौडाहामा लागेको बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक युयिनका अध्यक्ष यादब घिमिरे नेपाल दलितसंघका जिल्ला अध्यक्ष मणिराम परियार प्रकास परियार काग्रेस पोखराथोकका कार्यबहाकसभापति रामप्रसाद गौतम लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम भृकुटी महिला समुह पोखराथोकका अध्यक्ष बिमला गौतमकोअध्यक्षतामा सम्पन्न भएको हो ।
महिला नेतृ तथा सभासद भुसालले आज पटौटी र मैदान गाविसकाकाग्रेसका अगुवा तथा कि्रयासिल सदस्य संग भेटघाट समेत गर्नु भएको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.