अन्तर्राष्ट्रिय महत्वपूर्ण मूल्यांकन संस्था द स्टान्डर्ड एन्ट पुअरले युरो क्षेत्रका फ्रान्सलगायत नौ मुलुकको दीर्घकालीन सार्वमौम क्रेडिट रेटिङ झारेको छ। सो संस्थाले युरो क्षेत्रमा हाल सार्वजनिक गरिएको राजनीति र ऋण संकट फैलन नदिनका लागि नपुग्ने पनि जनाएको छ।
यसका लागि यूरोपेली संघका उपाध्यक्ष ओल्ली रेहनले शनिवार राति एउटा वक्तव्य प्रकाशित गरी यसप्रति असन्तोष व्यक्त गर्दै यूरोपेली संघलाई विगत वर्षको शिखर सम्मेलनमा सम्पन्न भएको सम्झौता-वार्ताअनुसार युरोपको स्थिर प्रणालीको सम्बन्धित तयारी कार्य यथाशिघ्र पूरा गर्न आव्हान गर्नुभएको छ।
फ्रान्सका अर्थ मन्त्री एवम् सरकारी प्रवक्ता भालेरिए पेक्रेस्सेले हिजै बोल्दै यस कुराले फ्रान्सलाई बृद्धि तुल्याउने तथा रोजगारी प्रत्याभूत गर्ने क्षेत्रमा नयाँ कठिनाइ ल्याउने कुरा व्यक्त गर्नुभएको छ। तर फ्रान्सले रणनीतिमा कुनै पनि परिवर्तन गर्नेछैन।