– प्रेमनारायण आचार्य
अर्घाखाँची १३ माघ । राष्टिय सर्तकता केन्द्रका सह सचिव श्यामराज खनालले सबै मिलेर अगाडी बढे मात्र भष्टाचार नियन्त्रण गर्न सकिने बताउनुभएको छ । उहाँले राजनितीक सिष्टमले भष्टाचार रोक्ने नसक्ने बताउदै आरोप प्रत्यारोपमा नलागी एकता बद्ध भएर अगाडी बढेमा भष्टाचार नियन्त्रण हुने जिकिर गर्नुभएको छ ।
राष्टिय सर्तकता केन्द्र अनामनगर काठमान्डौले आज अर्घाखाँचीको सन्धिर्खकमा गरेको भष्टाचार नियन्त्रण आजको आवश्यकता विषयक गोष्ठीमा बोल्दै उहाले यस्तो धारणा राख्नु भएको हो ।
यस्तै प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जिल्लामा भएको सावजर्निक जग्गा विवाद अन्त्यका लागी स्वेत पत्र ल्याउने तयारी भईरहेकेा जानाकारी दिनुभयो । स्वर्तपत्र मार्फत काम गर्दा वास्तविक काम हुने भन्दै राम्रो काम गर्दा अर्घाखाँची छोडेनु परे आफु छोड्न तयार रहेको बताउनुभएको छ ।
नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले तथा नेकपा माओवादी प्रतिनिधी राजेन्द्र आचार्यले कर्मचारीको तल्लो तह भन्दा माथील्लो निकायबाट बढी आर्थिक अनियमति हुने गरेको बताउनु भएको थियो ।
कमला प्रसाईको संचालनमा सम्र्पन कार्यक्रममा स्थानीय विकास अधिकारी पुन्य विक्रम पौडेल राष्टिय जनमोचाका केन्द्रिय सदस्य सागर के सी मालेका प्रतिनिधी सुरत बहादुर कार्की राप्रपाका देवी बहादुर खड्का राष्टिय जनमुक्तीका ईन्द्र गेलाङ्ग नेकपा एकिकृत कान्तिकारीका डिलाराम पाण्डे उद्योग बाणिज्य संघका सचिव नेत्र भुसाल वार एसोसियसनका के वी भुसाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
कायक्रम बुद्धि जिवि नागरिक समाज सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा उपसचिव अर्जुन खनाल र प्रहरी उपरिक्षँक रोशन नाथ पन्तले कार्यपत्र प्रस्तुत गर्नुभएको बताईएको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.