पेरुको राजधानी लिमास्थित क्रिष्ट इस लोभ लागु औषध पुनस्थापना केन्द्रमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ । बिहानको समयमा भएको आगलागीमा १० भन्दा बढी घाइते भएका छन् ।
अस्पतालमा आगो फैलिएपछि केही विरामी झ्यालबाट हाम्फालेका थिए । अ
ग्नी नियन्त्रकहरुका अनुसार अस्पतालको मुलद्धार बन्द रहेकाले धेरै विरामी भित्रै फसेका थिए ।
पेरुका स्वास्थ्य मन्त्री अलवर्टो तेजाडाले पुनस्थापना केन्द्र विना लाइसेन्स सञ्चालन भएको र यसलाई दुई पटक सम्म बन्द गर्न आदेश दिइसकेको बताउनु थियो । प्रहरीले आगलागीको कारण र केन्द्रका सञ्चालकको खोजी भैरहेको जनाएको छ ।