युरोपियन अर्थमन्त्रीहरुको बैठकद्धारा आर्थिक संकटको मारमा परेको ग्रीसका लागि ऋण उपलब्ध गराउन तीन वटा शर्त

बेल्जियमको राजधानी ब्रसेल्समा हालै बसेको युरोपियन अर्थमन्त्रीहरुको बैठकले आर्थिक संकटको मारमा परेको ग्रीसका लागि ऋण उपलब्ध गराउन तीन वटा शर्त राखेको छ ।

 

लक्जमबर्गका प्रधानमन्त्रीको अगुवाईमा भएको बैठकमा ग्रीसले सन् २०१२ मा ३२ करोडभन्दा बढी युरो बचत गर्नुपर्ने, खर्च कटौतीको योजनाका लागि स्वीकृति दिनुपर्ने सम्झौतामा हस्ताक्षर गर्नुपर्ने र आगामी अप्रिलमा हुने चुनावलगत्तै यी सम्झौता लागू गर्नुपर्ने लगायतका छन् ।

 

यी शर्त लागू गरेमा ग्रीसलाई १ सय ३० अर्व युरो प्रदान गर्न युरोपेली मुलुकका अर्थमन्त्रीहरु सहमत भएका छन् ।

 

आर्थिक संकटमा फसेको ग्रीसले भने युरोपियन युनियन र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आर्थिक सहायताका लागि अपील गरिरहेको छ ।