विश्वकै ठूलो तेल उत्पादक मुलुक साउदी अरबमा तेलको पाइपलाइनमा विस्फोट भएको खबरपछि कच्चा तेलको मूल्य ४३ महिना यताकै उच्च विन्दुमा

विश्वकै ठूलो तेल उत्पादक मुलुक साउदी अरबमा तेलको पाइपलाइनमा विस्फोट भएको खबरपछि कच्चा तेलको मूल्य ४३ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

 

यसको सबैभन्दा वढी असर अमेरिकामा परेको जनाइएको छ ।

 

अमेरिकाको न्यूर्योकमा पेट्रोलको मुल्य प्रति ब्यारेल ५ डलर बढेर १ सय २८ डलर पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

यो मूल्य सन् २००८ पछिको उच्च हो । तर, एशियाली मुलुकहरुमा भने कच्चा तेलको मूल्यमा शुक्रबार सम्ममा कमी आइसक्ने साउदी अरबका अधिकारीहरुले जनाएका छन् ।