हेमनाथ् घिमिरे
मैदान ५ अर्घाखाचि
हाल- काठमाण्डु
…
रिसले होइन तर तिम्रो बिहेमा आउन सकिन
अधुरो प्रेम को गित बाजा तालमा गाउन सकिन
अति मायाँ गर्थे तिम्लाई अब के भनौ र मेरी सानु
जति मायाँ गरेपनि तिम्रो साथ पाउन सकिन
मन्मा डर हुदाँ खेरि गरिबी र बेरोजगारको
तिम्र बाबु आमा संग तिम्रो हात माउन सकिन
कस्तो चाह थियो मन्मा संगै जिउने जुनी जुनी
बिडम्बना एकपल तिमि संग बिताउन सकिन
खुसि याली सर दियँ दियँ चोखो मायाँ तिम्लाई
बचेको थोपा आँशु तिम्लाई चढाउन सकिन
जन्ती हरु खुसि भाका मौन देखिन्थ्यौ तिमि तर
तोडेर नाता छोडेर जाँदा सानु भनि बोलाउन सकिन
धर धारी रोए कति मुर्छियँ पनि तर यस्तै रैछ
भनि मायाँ यो मन थिर बनाउन सकिन
अधुरो प्रेम को गित बाजा तालमा गाउन सकिन