काठमाडौं – सुन ठगी मुद्दामा हिरासतमा रहेकी एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा चार दिनदेखि रहेकी भवानी लामाले आइतबार बिहान आत्महत्या गरेकी डीएसपी टेकबहादुर तामाङले जानकारी दिए ।
डीएसपी तामाङका अनुसार लामाले शौचालयभित्र साडीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।