फ्रान्सको टालुस शहरस्थित एउटा यहुदी विद्यालय बाहिर भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
दक्षिणपश्चिमी शहर टालुसमा भएको गोलीकाण्डमा अन्य दुइ जना घाइते भएको फ्रान्सेली सञ्चार माध्यमहरुले जनाएका छन्।
मारिनेमा तीन बालबालिका र एक युवक रहेका छन। मोटरसाइकलमा आएका एक जना बन्दूकधारीले विद्यार्थी ओर्लने स्थानमा अन्धाधुन्ध गोली प्रहार गरेर भागेको अधिकारीहरुले बताएका छन्।
गत साता पनि सोही क्षेत्रमा मोटरसाइकलमा चढेर आएको एक बन्दूकधारीले चलाएको गोली लागी तीन सैनिक मारिएका थिए। राष्ट्रपति निकोलस सार्कोजी, शिक्षा मन्त्री र गृहमन्त्री घटनास्थलको निरिक्षण गर्ने तयारी रहेकेा बताइएको छ।।