इण्डोनेशियाको उत्तरी आचे प्रान्तमा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि हिन्द महासागरमा सुनामीको चेतावनी दिइएको छ ।
सुनामीको चेतावनीपछि त्यस क्षेत्रका मानिसहरु उच्च स्थानतर्फ गएको बताइएको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु आचेको प्रान्तीय राजधानी बान्दाको नजिक समुद्रको ३३ किलोमिटर गहिराइमा रहेको छ ।
आचे प्रान्त भूकम्पबाट लगातार प्रभावित भैरहने क्षेत्र हो । सन् २००४ मा आचे प्रान्तमै भूकम्पपछिको सुनामीमा परि १ लाख ७० हजार मानिस मारिएका थिए ।
भूकम्पको धक्का नेपालमा पनि महसूस गरिएको छ ।
नेपाली समय अनुसार दिउँसो २ बजेर २२ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का सिंगापुर, थाइल्याण्ड र भारतमा पनि महसूस गरिएको खबर आएको छ ।