– प्रेमनारायण आचार्य
अर्घाखाँची ३ बैसाख । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसरमा पुन निर्माण हुने भबनको आज एक कार्यक्रमका बिच बैदिक बिधि पुर्बक शिलान्यास गरिएको छ ।
शान्ती तथा पुन निर्माण मन्त्रालयको शान्ती कोषको २ करोड ६२ लाख ३६ हजार २ सय ६८ रुपैयाको लागतमा निर्माण हुने भबनको शिलान्यास प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरेले गर्नु भएको हो । द्धन्द्ध कालमा माओबादीको आक्रमणमा भत्किएको प्रहरी भबन कार्यलयको पुन निर्माण गर्न थालिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल एकिकृत माओबादीका जिल्ला सेक्रेटरी ठाकुर बिक किसोर नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल एमालेका रामजीप्रसाद घिमिरे राजमोका सागर केसी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम प्रहरी नायब उपरिक्षक अरुण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.