पाकिस्तानको एक कारागारमा आतंकबादी हमला हु्ँदा लगभग ४ सय कैदी फरार भएका छन् ।
पाकिस्तान र अफगानिस्तानको सीमामा परेको बन्नु शहरमा रहेको कारागारमा आतंकबादीहरु ग्रिनेड आत्रमण गरी हतियार सहित कारागारमा प्रवेश गरी कारागारका कर्मचारी लगाएत सुरक्षाकर्मीहरुलाई नियन्त्रणमा लिई कैदीहरु फरार गराएका हुन् ।
आक्रमण लगत्तै कारागारका कैदहरुबीच भागदौड मच्चिएको थियो । फरार कैदी मध्ये अधिकांश आतंकबादीहरु रहेका छन् ।
केही कैदीहरु भने सोही कारागारमा रहेका छन् । घटनाको जिम्मेवारी लिदंै तालिवानले आफना कार्यकर्ता भगाउन उक्त कदम चालेको बताएका छन् । घटनामा तीन जना सुरक्षाकर्मी घाइते भएका छन् ।