सेना समायोजन लगायतका विषयमा पार्टीकै उपाध्यक्ष बैद्य समूहको विरोधलाई लक्ष्य गर्दै उनले भने, ‘ठोस परिस्थितिको ठोस विष्लेषण गरेर अगाडि बढेका छौं ।’ उनले माओवादीको लडाकु विसर्जन गरेको नभई नेपाली सेनालाई विश्वासमा लिएको दाबी गरे ।
सोही कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले बैद्य पक्ष साउनमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भने जस्तो भएको आरोप लगाए । ‘परिस्थिति बदलिएको कुरा महसुस गर्न सक्दैनन्’ उनले भने ।