जर्मनीका पूर्व तानाशाह हिटलर आफ्नो यौन शक्ति वृद्धि गर्नका लागि औषधि सेवन गर्ने गरेको दस्तावेजमा उल्लेख


 

न्युयोर्क – जर्मनीका पूर्व तानाशाह एडोल्फ हिटलर आफ्नो यौन शक्ति वृद्धि गर्नका लागि औषधि सेवन गर्ने गर्थे। त्यस वाहेक उनलाई उदर वायुको पनि ठूलो समस्या थियो र त्यसका लागि उनले कोकिनको सेवन गर्ने गरेको हालै लिलाम गरिएको एक एतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ।

 

उक्त दस्तावेज १ हजा ५ सय देखि २ हजार डलरसम्म लिलामी गरिएको थियो। यसले नाजी तानाशाहको फरक तस्विर देखाएको छ।

ति दस्तावेज हिटलरका चिकित्सकको अन्तर्वार्ता र एक फिजिसियनको डायरीमा उल्लेख कुराहरूका आधारमा तयार पारिएको हो। ति फिजिसियनले हिटलरले भनेका कुरालाई सुनेका आधारमा डायरीमा लिपिवद्ध गरेका थिए।


उनका चिकित्सकहरूले लेखे अनुसार हिटलरमा धेरै स्वास्थ सम्बन्धि समस्या थिए। तिमध्ये एउटा वायुको समस्या थियो, जुन उनको शाकाहारी खानाका कारण भएको बताइन्छ।

सार्वजनिक रुपमा वायु विकारका कारण उत्पन्न हुनसक्ने सम्भावित अप्ठेरोबाट जोगिन उनले औषधिको सेवन गर्ने गर्थे।

हिटलरले सुनदर युवति प्रतिको आफ्नो चाहनालाई पनि व्यक्त गरेका थिए। तर उनको यौन क्षमता निकै कम भइसकेको थियो।

हुनत उनी आफ्नो लामो समय देखिको प्रेमीका इभा ब्राउनसँगै वस्ने गर्थे।

उनले आफ्नो यौन क्षमता बढाउन साँढेको विर्यबाट बनेका औषधि सेवन गर्ने गर्थे। – एजेन्सी